‘लेखा अधिकृतको दैनिक चुनौती: दरबन्दी नहुँदा ६ कार्यालयको काम एकैजनालाई’

हस्त चौलागाँई
कालीकोट,५ मंसिर।

कर्णाली प्रदेश सरकार अन्तरगतका कालीकोटमा १० वटा कार्यालय छन् । कतिपय कार्यालयमा लेखापाल नहुँदा एउटै लेखा अधिकृतले कार्यालयको कामकाज हेरिरहेका छन् ।
दरवन्दी अनुसारको लेखाको अभावका कारण प्रदेश लेखा इकाई कालीकोटले लेखा अधिकृत विश्वामित्र उपाध्यायलाई ६ वटा कार्यालयको जिम्मा दिएको छ । विश्वामित्र उपाध्यायले रातदिन कामकाजमा खटिई ६ वटा कार्यालयको काम सरल र सहज गरिरहेको छन् ।
प्रदेश सरकारको संगठन तथा ब्यवस्थापन सम्वन्धी ऐनमा पद स्थापना र कार्यविभाजन अनुसार प्रत्येक कार्यालयमा आवश्यक जनशक्ति दरबन्दी अनुसार राखिनु पर्ने भएतापनी कालीकोटमा प्रदेश सरकार अन्तरगतका कार्यालयमा लेखाको दरबन्दी नुहँदा एउटै अधिकृतलाई कामको मार परेको छ । कानुनको मर्म,आन्तरिक नियन्त्रण र कार्यक्षमताको आधारमा जुनुसुकै कार्यालयमा रहेका लेखा अधिकृतले अन्य कार्यालयको कामकाजमा सघाउनु राम्रो पक्ष रहेको सरोकारवाला बताउछन् ।

लेखा अधिकृत विश्वामित्र उपाध्यायका अनुसार दरवन्दी अनुसारको लेखा नहुँदा कामकाजमा जटिलता आएपनी ६ कार्यालयको काम आफुले जिम्मेवारी पुर्वक गरिहेको बताएका छन् ।
६ वटा कार्यालयमा गई कामकाज गर्ने वातावरण नभएका कारण आफुले एउटै कार्यालयमा फरक फरक समयमा प्रत्येक कार्यालयको काम अहोरात्र खटिई गरेको उनी बताउछन् ।
लेखा अधिकृत विश्वामित्र उपाध्यायको प्रदेश लेखा इकाई कालीकोटमा दरवन्दी छ । तर लेखाको दरवन्दी अभावका कारण उपाध्यायले हाल डिभिजन वन कार्यालय,सामाजिक विकास कार्यालय,कृषि विकास कार्यालय,प्रदेश लेखा ईकाइ,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय गरी ६ वटा कार्यालयको कामकाजमा महत्वपुर्ण भुमिका निभाएका छन् ।

‘लेखा अधिकृतको दैनिक चुनौती: दरबन्दी नहुँदा ६ कार्यालयको काम एकैजनालाई’

बाँकेमा नयाँ मतदान केन्द्र थप, तीन स्थानान्तरण

‘लेखा अधिकृतको दैनिक चुनौती: दरबन्दी नहुँदा ६ कार्यालयको काम एकैजनालाई’

कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६

Leave a comment

Your email address will not be published. Required fields are marked *