नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवनको ९५ प्रतिशत काम सकियो

बाँके, ४ भदौ । 

नेपालगञ्ज विमानस्थलमा निर्माणाधीन आधुनिक तथा सुविधा सम्पन्न नयाँ टर्मिनल भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भ्याटसहित करिब ३ अर्ब ९ करोड ८४ लाख ८१ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त भवनसहित पार्किङ, एप्रोन, गेस्टहाउस र गार्डेन ल्याण्डस्केपिङको काम लगभग सकिएको छ ।

सम्झौता अनुसार निर्माण कार्य मङ्सिर मसान्तमा सम्पन्न गर्ने लक्ष्य रहे पनि झण्डै तीन महिना अगाडी नै काम सक्ने उद्देश्य राखिएको छ । आयोजनाका प्रमुख नलबिक्रम थापाका अनुसार बाँकी रहेका सानातिना काम छिट्टै सम्पन्न गरिनेछ भने एक हप्ताभित्रै व्यवसायिक सटर भाडामा दिन टेन्डर प्रक्रिया सुरु गरिनेछ ।

तीन वर्षअघि सुरु भएको आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनी  शर्मा एण्ड कम्पनी प्रालिले तीन सिफ्टमा गुणस्तरिय निर्माण कार्यलाई अगाडि बढाएको कम्पनीका बिक्रम सुवेदीले जानकारी दिएका छन् ।

करिब १३ हजार १ सय ४४ वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त टर्मिनल भवन अन्डरग्राउन्डसहित तीन तले हुनेछ र एकै पटकमा पिक आवरमा प्रतिघन्टा १ हजार ६०० यात्रुलाई सेवा दिन सक्नेछ । हाललाई आन्तरिक उडानका लागि डिजाइन गरिएको भए पनि भविष्यमा नेपालगञ्ज–दिल्लीसहित अन्तर्राष्ट्रिय उडानलाई समेत सुविधा दिने गरी भवनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको छ ।

यसैबीच नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले आसन्न प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानको एजेन्डा उठाउन आग्रह गरिएको र प्रधानमन्त्री स्वयं सकारात्मक रहेको बताए ।

नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवनको ९५ प्रतिशत काम सकियो

नेपालबाट प्राणघातक रोग रुबेला उन्मूलन : विश्व

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds