नेपालबाट प्राणघातक रोग रुबेला उन्मूलन : विश्व स्वास्थ्य सङ्गठन 

काठमाडौँ, ४ भदौ । 

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा छ । यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो । नेपालको सफलतामा  विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयलाई बधाई दिएको छ ।

सङ्गठनका दक्षिण पूर्वी एसिया कार्यालय प्रमुख डा क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सोमबार पत्र पठाउँदै सो बधाई दिएका हुन । लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यान लिने कारक यस रोगको उन्मूलन हुनसकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत यस कार्यमा सक्रिय सबै स्वस्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत साझेदारहरूलाई धन्यवाद दिएका छन् । “यो ऐतिहाँसिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो”, उनले भने ।

यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिवद्ध रहेको जनाउँदै उहाँले यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारणपश्चातको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।

नेपालबाट प्राणघातक रोग रुबेला उन्मूलन : विश्व स्वास्थ्य सङ्गठन 

स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ :

नेपालबाट प्राणघातक रोग रुबेला उन्मूलन : विश्व स्वास्थ्य सङ्गठन 

नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवनको ९५ प्रतिशत

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds