२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 16°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

अवरुद्घ कर्णाली राजमार्ग संचालनमा आयो

गाेल्डेन बुढा

जुम्ला,२असोज ।

बिहीबार बिहान ढुंगा खसेर अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । तिला गाउँपालिका-१ स्थित रारागाउँ नजिकै बिहान ८ बजे माथिबाट ठूलो ढुंगा खसेर सडक अबरुद्ध भएको थियोे। सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर ढुंगा पन्छाएको हो । ‘सडकमा मोटरसाइकल लगायत साना सवारीसाधन आवतजावत भइरहेको भए पनि ठूला सवारी चल्न सकेका थिएनन्,’ डिभिजन प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार, ‘डोजर लगाएर सडक खुलाइएकाे छ।

’ रारालिहीदेखि नाग्मसम्मको सडक पहिरोको उच्च जोखिममा छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविनबाबु रेग्मीले सडक खुलिसकेको बताए । ‘साना ढुंगा प्रहरीले हटाइसकेको थियो,’ उनले भने, ‘डोजर पुगेर ठूलो ढुंगा हटाएपछि सडक खुलेको छ ।’ अहिले सडकमा ठुला साना सवारीसाधनहरु आवतजावत गरिरहेका छन् ।

अवरुद्घ कर्णाली राजमार्ग संचालनमा आयो

जेनजी आन्दोलनमा बाँकेमा तीन सयभन्दा बढी सवारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!