राजतन्त्रवादीहरूलाई मेरो सानो सुझाव
खोमकान्त रेग्मी
पूर्व अध्यक्ष । नेपाल मुद्रण उधोग महासंघ
नेपाली जनताले राजतन्त्रको समाप्ती गरेर गणतन्त्र ल्याएका हुन । त्यतीबेला पनि सबै जनताले राजतन्त्र फालौ भनेका थिएनन सिमित केही जनता राजतन्त्रको पक्षमा थिए तर धेरै भन्दा धेरै जनता गणतन्त्रकै पक्षमा थिए । त्यस्तै अहिले पनि केही जनता राजतन्त्रको पक्षमा आका छन तर अत्यधिक जनता गणतन्त्रकै पक्षमा छन । वास्तवमै नेपालमा राजतन्त्र रहेको अवस्था कस्तो थियो, त्यसबेलाको समाज र राजनीतिक सस्कार भन्ने कुरा त नेपाली जनताले जानेकै हुन ।
विकास निर्माणदेखि शासन प्रणाली सबै बुझेकै विषय हो । तर परिवर्तनकारीहरू जो आज गणतन्त्रवादीहरू छन उनिहरू पनि अहिले राजावादी जसरि नै आन्दोलन गर्थे मात्रै के फरक थियो भने उनिहरू राजा फालेर गणतन्त्र ल्याउने भन्थे भने यिनिहरू अहिले गणतन्त्र फालेर राजा ल्याउने भन्छन फरक यत्ति हो । अर्को फरक के हो भने अहिलेका राजावादीहरू प्रजातन्त्र गणतन्त्र मासेर राजा ल्याम भन्छन भने त्यतिवेला राजतन्त्र फालेर प्रजातन्त्र गणतन्त्र ल्याम भन्थे । हिजको राजतन्त्रको अवस्थामा गरिएका कृयाकलाप र अहिलेको गणतन्त्रको अवस्थामा गरिएका र गरिने काम धेरै फरक छन ।
राजनीतिक पार्टीले गतिलो कृयाकलाप गर्नुपर्थ्यो तर जति गर्नपर्ने थियो त्यति गरेनन तर राजतन्त्रको जस्तो नाङ्गो कृयाकलाप अहिले गरेका छैनन । हिज पनि राजावादी र उनीहरूका नजिक हुनेहरूले मनपरितन्त्रले शासन चलाउथे भने अहिले पनि नेता र नेताका पछि हुनेलेआफू अनुकुल शासन चलाउन खोज्छन र चलाइपनि रहेका छन । साधारण जनताले राजतन्त्र र अहिलेको गणतन्त्रमा खासै फरक छ झै मानेका नहुन सक्छन किनकि हिजका कुरा बिर्सिएको र अहिलेका कुरा तत्काल भैरहेको हुदा पुराना कुरा ठीक मानिएको पनि हुन सक्छ ।
केही राजनीतिक र सचेत नागरिकलाई भने निकै फरक भएको छ । जसले राजतन्त्रको अँध्यारो दिन ब्यहोरे, कालरात्रीका ति दिन बिताए र कुशासनका अप्ठेरा आफै अगाडि व्यहोरेर आए उनीहरूलाइ सोधियो भने बल्ल थाहा हुन्छ कि राजतन्त्रका ती दिनहरू । शासन सत्ताकै लागि विभिन्न आन्दोलनहरू हुने गर्छन तर कुन आन्दोलन कसरी भको छ र त्यसको उठान कसरी भको छ भन्ने बिषय प्रमुख हो ।
सन्सारको ईतिहास हेर्ने हो भने परिवर्तनकारी देशहरूमा जहिले पनि एकतन्त्रिय राजसस्था फालेर प्रजातन्त्र ल्याएको ईतिहास छ तर प्रजातन्त्र फालेर राजतन्त्र ल्याएको ईतिहास नगन्य छ । फेरि सबैठाउमा राजस्था हुदैमा एकतन्त्रिय शासन ब्यवस्था थियो भन्ने हुदैन जुन हाम्रो देशमा थियो । राजा रहेको शासन व्यवस्था हामीले भोगेको कारणले, त्यसवेला भएका शासन व्यवस्था र प्रबृत्तिका कारणले, राजावादीहरूका त्यसबेलाका हर्कतका कारणले गर्दा पनि अहिलेका जमात त्यसको पक्षमा जान सक्दैन ।
राजनीतिक पार्टीहरूका गलत नीति, व्यक्तिवादी र भ्रष्ट्राचारयुक्त शासकीय पद्वति, नातागोता र चाकरीबाजको अवस्था अनि शासन प्रणालीमा हैकमवादको शुरूवात जस्ता अमानवीय तौर तरिकाको कारणले गर्दा जनमानस परिवर्तनको खोजीमा छन । यस मानेमा पनि परिवर्तन खोजेको छ कि रोजगारीको अवस्था नभएर विदेशिनु पर्ने परिस्थिति, कुनै काम गर्न पर्दा घन्टौ लाईनमा वस्नुपर्ने वेथितिको अवस्था, कर तिर्न जादा समेत दिनभरिमा पनि नसकिने तर कर तिर्दा पनि सुबिधा केही नपाउने अवस्था नेताहरूबाटै मानव वेचविखन गरेर लाभ लिने अवस्था, बाटो बनाउने ठेक्का लगाउने तर बर्षौसम्म बाटो नबनेर ४ घन्टामा पुग्ने ठाउँमा ८ घन्टा लाग्ने अवस्था जस्ता कारणले जनमानस आजित छ ।
सरकार र त्यससग सम्बन्धित निकायका मान्छेहरू त्यतातिर खासै ध्यान दिएको पाइएको छैन । त्यस्ता नकारात्मक समस्याको समाधान गर्नतिर लागेको पाइन्न यश कारण जनताले हिजको कालरात्री विर्सेको अनुभूति भएको छ । जनता तडपिएका छन र परिवर्तनको खोजीमा छन । शुसासनको खाचो परेको परेको महशुस हुन थालेको छ तर पनि हिजको जस्तो राजतन्त्र भएको अवस्थामा जस्तै दिन दहाडै मान्छेलाई गायब गर्ने, जेलमा हालेको मान्छेलाई कहाँ कतिखेर मारिन्छ थाहा नहुनी, कतिवेला कसलाई कुन मुद्वामा जेल चलानको पुर्जि विनै लगिने जस्तो अवस्था अहिले छैन । गलत नियतका कारण समातिए पनि पत्रकारले थाहा पाउने अवस्था छ विरोध गर्न पाउने अवस्था छ प्रधानमन्त्रिलाइ ठाडै गालि गरि सार्वजनिक बोल्न पाउने अवस्था छ जुन हिजको राजतन्त्रको बेला थिएन यो सबैले बुझेको कुरा हो ।
राजावादी साथीहरूलाई मेरो अनुरोध छ कि तपाईहरू के आफै वहुमत ल्याएर सरकार चलाउन सक्नुहुन्न रु राजा खोज्दै हुनुहुन्छ रु के शासन चलाउन तपाईहरू योग्य हुनुहुन्न र राजा गुहार्नुभछ रु राजाले शासन चलाइदिएर तपाईहरू कसरी शासक बन्नुहुन्छ रु कि तपाइहरूमा विश्वास छैन राजा नभै हामीले केही गर्न सक्दैनौ भन्नि छकि रु यहाहरू आफै सक्षम हुनुहुन्छ भने पहिला जनतामा तपाईहरू जानुस र भन्नुस हामीलाइ बहुमत दिनुस अनि हामी अहिलेका राजनितिक पार्टीले भन्दा राम्रो काम गरेर देखाउछौ अनि हाम्रो चाहना अनुसार राजा ल्याउनु पर्ने कारण प्रष्ट पार्छौ अनि हामीलाई समर्थन गर्नुस भन्नुस न अहिलेका राजनितिक पार्टीहरूले तपाईहरूलाइ स्वीकार्नु पर्छ नि त्यसपछि पनि स्वीकार गरेनन भने बल्ल भन्नुस कि हामी र हाम्रो सोच बिचार अनुसार देश चलेन ।
जनमतलाइ नमान्न कसैले पनि पाइन्ननि । के राजा नभएको देशमा बिकास निर्माणका लागि, देशमा उन्नति प्रगतिका लागि, नागरिकलाई बिदेश जानबाट रोक्नका लागि, रोजगारी सृजना गर्नका लागि केही बाधा ब्यवधान हुन्छ रु हामी सबै आफ्नो कुरा ठीक हो भनेर लाग्ने बानी छ अरूका कुरा सुन्ने बानी छैन । लहडमा चल्ने बानी छ पद्वति समात्ने वानी छैन अर्काको भरमा शासन चलाउछु भने लाग्नु त्यति राम्रो हो भन्ने लाग्दैन ।
अहिलेको नेपालको प्रजातन्त्र वास्तवमै विश्वकै सर्वोत्कृष्ट प्रजातन्त्र हो शासनकर्ताले त्यसको परिचालनमा कमि गरेका हुनसक्छन त्यसलाई सुधार गर्नु सबैको कर्तब्य हो । देशका राजनीतिक पार्टीले बुझ्नपर्ने के छ भने यत्ति छिटो यति परिवर्तन जनताले किन खोजे रु हामीबाट के के कमि कमजोरि भयो, हामीले के सुधार गर्नु पर्यो जस्ता विषयमा ध्यान दिन आवश्यक भयो । हामीले किन जनतालाई यति छिटो राजतन्त्र खोज्ने वाटोमा लग्यौ र के कारणले जनमानसमा हामीहरू नपच्ने भयौ भन्ने कुरा जान्नु पर्यो ।
हामीहरू सुध्रेनौ भने परिपाटी र सस्कार सुधारेनौ भने पक्कै पनि जनमानस हामिसग रहन्नन कारण राजावादी वा कुनै अरू वादीसित लाग्छन, जसका कारण हामीहरू अल्पमतमा पर्छौ र शासन फेरि कसैको हातमा जान्छ त्यसैले राजनिनीक पार्टीहरू सुध्रिनुको बिकल्प छैन अनि जनतालाई राजनितिक पार्टीले गरेको कबोल पूरा नगरि बस्न मिल्दैन । यी अप्ठ्यारा विषयवस्तुलाई राजनीतिक पार्टीहरूले सुधार्नु नै गणतन्त्रको स्थायित्व हो ।
प्रजातन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू सुध्रिएर अगाडि बढने त वर्तमानको महत्वपूर्ण निकास हो । तर धमिलो पानीमा माछा मार्ने खालको अहिलेको वेतिथिको आन्दोलन जुन भैरहेको छ त्यसले कसैको पनि हित गर्दैन । खासगरी देशका ठुला राजनितिक पार्टीहरूले सोचेर बिचार गरेर अवान्छित तरिकाले हुने गरेका र गर्न खोजिएका आन्दोलनहरू रोक्ने प्रयत्न गराउनु पहल गर्नुपर्छ ।
जवर्जस्त बलजफतिका कामहरू भने गर्न हुन्न नकि हिजको पन्चायती शैली कसैलाइ पनि पच्दैन र त्यसले समस्या समाधान पनि हुदैन । जुन कुराको पहलकदमी शासन चलाउने पार्टीले सोच्नु आवश्यक छ । जुन खालको जनमानसको चाहना विपरितका बेतिथिका आन्दोलनका रूपहरू भैरहेका छ जसले गर्ने गराउने प्रयत्न गरिरहेका छन उनीहरूले पनि के सोच्न आवश्यक छ भने यो अहिलेको निकास होईन र यसले नेपाल र नेपालीको हित गर्दैन ।
वर्तमानको निकास भनेकै शुसासन, बेरोजगारीको अन्त्य, बैदेशिक रोजगारीको बढदो चाप, महङगी, अराजकता, अनावश्यक मिडियावाजी जस्ता कुराहरू हुन । यस्ता विषयवस्तुलाई सहजीकरण र सरलीकरणले नै समाधान गर्नु हामी सबैको जिम्मेवारी हो । राजतन्त्र हुदैमा समस्याको समाधान हुनि हो भने राजतन्त्र फालेर गणतन्त्र ल्याउनै पर्दैनथ्यो । फेरी गणतन्त्र आउदैमा सबै समस्या समाधान हुनि हो भने समस्या बल्झिदैनथ्यो र सबै कुराहरूको समाधान हुन्थ्यो । त्यसो होइन हामी सबैले बुझेको र जानेको बिषय नै के हो भने सबै नेपाली र शासक वर्ग इमान्दारी तरिकाले चल्यो र चलायो भने निकास त्यही हो जुन सबै नेपालीले चाहेका छन ।