जुम्ला बहुमुखी क्याम्पस सभापतिमा अनेरास्ववियुका लोकेन्द्र बुढा विजयी


गोल्डेन बुढा
जुम्ला । जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा विजयी भएका छन् । निर्वाचनमा अनेरास्ववियुका लोकेन्द्र बुढाले १ सय १४ मत ल्याएर विजयी भए, भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जयकृष्ण जैशीले १ सय ५ मत पाए ।

३ सय ३४ मतदातामध्ये ३ सय १८ मत खसेको जुम्ला बहुमुखी क्याम्पसका उपप्रध्यापक तथा निर्वाचन अधिकृत पदमबहादुर शाहीले बताए । १८ जना मतदाता अनुपस्थित भए । निर्वाचन अधिकृत शाहीले,भने, ‘छात्रा १ सय ५२ जना छात्र १ सय ६६ जनाले मतदान गरे ।’

त्यस्तै, नेपाली काङ्ग्रेसको संगठन नेविसंघका खेमराज आचार्यले ८८ मत पाए । त्यस्तै, सचिवमा नेविसंघका दत्तराज रावतले ९४ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका नवराज भण्डारीले ८६ मत पाए ।

कोषाध्यक्षमा अनेरास्ववियुका विनबहादुर रावतले १ सय ७ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका आशिष बुढाले ९५ मत ल्याएर पराजित भए ।

सदस्यहरुमा नेविसंघका प्रविन बुढ्थापाले १०६ र अनेरास्ववियुका राधिका फर्सालले १ सय ४६मत ल्याएर विजयी भए । नेविसंघका राष्टु थापाले १ सय ३ मत प्राप्त गरिन् । अनेरास्ववियुका सुर्जा रावलले १ सय १९ मत ल्याइन्।भने अर्की हिमाली धितालले ९७ मत प्राप्त गरि जित हासिल गरिन् । अखिल क्रान्तिकारी टोप बहादुर बोहोराले १ सय ३ मत पाएर जितेका छन् ।

जुम्ला बहुमुखी क्याम्पस सभापतिमा अनेरास्ववियुका लोकेन्द्र बुढा विजयी

१० औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट

जुम्ला बहुमुखी क्याम्पस सभापतिमा अनेरास्ववियुका लोकेन्द्र बुढा विजयी

कर्णालीका ३३ मध्ये २६ क्याम्पसमा चुनाव हुँदा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds