आर्थिक वृद्धिलाई गति दिन रेल सेवाको आधुनिकीकरण गर्दै पाकिस्तान : प्रधानमन्त्री

इस्लामावाद, ३ मङ्सिर (रासस/सिन्ह्वा) ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले हालैको राजस्व वृद्धि र पूर्वाधार सुधारका लागि आर्थिक विकासलाई गति दिन रेल सेवाको आधुनिकीकरणमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् ।
“पाकिस्तान रेलवेको डिजिटाइजेसन र आधुनिकीकरण उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अत्याधुनिक रेल सेवाको आधुनिकिहरणले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । सरकारले देश भरका सबै रेलवे स्टेसनहरू स्तरोन्नति गर्ने योजना बनाएको जनाउदै उहाँले हाल सम्म ५४ वटा रेलवे स्टेसनहरूमा आधुनिकीकरण पछि दक्षतामा सुधार भई स्थानीय व्यवसायलाई सहयोग पुर्याइरहेको बताउँछन ।
यस बाहेक, शरीफले दक्षिणी सिन्ध प्रान्तबाट दक्षिणपश्चिम बलुचिस्तानमा पाकिस्तान रेलवे लाइनलाई थप परिष्कृत गर्न दुई अरब अमेरिकी डलर ऋणका लागि एसियाली विकास बैङ्क सँग छलफल भइरहेको तथा नेटवर्क आधुनिकीकरण गर्न प्रान्तहरू बीच सहयोग बढाउन आवश्यक रहेको बताएका छन् ।
उज्बेकिस्तान–अफगानिस्तान–पाकि






