मानिसलाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा, बारबर्दियामा राहतको सास

बर्दिया ,१ कार्तिक ।

बारबर्दिया नगरपालिका–११ स्थित जनजागृति सामुदायिक वनमा मानिसलाई पटक–पटक आक्रमण गर्दै आएको चितुवा नियन्त्रणमा लिइएको छ।

गत असोज २५ गते बारबर्दिया–१० डफैयाकी ४५ वर्षीया जुना चौधरीलाई धान काट्ने क्रममा चितुवाले आक्रमण गरी घाइते बनाएको थियो। त्यस्तै असोज २८ गते बारबर्दिया–११ विजयनगरका ४६ वर्षीय भदुवा थारू पनि खेतमा काम गर्दै गर्दा चितुवाको आक्रमणबाट घाइते भएका थिए।

लगातार मानव आक्रमणका घटना भएपछि डिभिजन वन कार्यालय बर्दियाले जनजागृति सामुदायिक वन क्षेत्रमा चितुवा फसाउने खोर राखेको थियो। सो खोरमा शनिबार बिहान वयस्क भाले चितुवा परेको कार्यालयका सूचना अधिकारी रामगोपाल चौधरीले जानकारी दिनुभयो।

हाल नियन्त्रणमा लिइएको चितुवा डिभिजन वन कार्यालय बर्दियामा राखिएको छ। चितुवा नियन्त्रणमा आएपछि स्थानीयवासीले राहतको सास लिएका छन्।

मानिसलाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा, बारबर्दियामा राहतको सास

बाँकेमा असोज महिनामा हजारभन्दा बढी नयाँ मतदाता

मानिसलाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा, बारबर्दियामा राहतको सास

सन्ताेष बिक स्मृति कप सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *