सन्ताेष बिक स्मृति कप सम्पन्न

हस्त चाैलागाँई
कालिकाेट,१ कार्तिक ।
खाँडाचक्र नगरपालिका–४, कालिकोटमा आयोजना गरिएको प्रथम वडा स्तरीय सन्तोष वि.क स्मृति कप–२०८२ भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
खेल मर्यादित र अनुशासित तरिकाले सम्पन्न भएकाे खाँडाचक्र ४ का वडा अध्यक्ष पर्वानन्द आचार्यले जानकारी दिए ।
प्रथम वडा स्तरीय सन्तोष वि.क स्मृति पुरुष भलिबल प्रतियोगितामा नरहरिनाथ गाउँपालिका वडा नं.७ प्रथम भएकाे छ । कप,मेडल र पुरस्कार राशि रु ३५०००(पैतिस हजार)सहित पुरस्कृत भएको छ ।

यस्तै द्वितीयमा खाँडाचक्र नगरपालिका वडा नं.६ ले कप,मेडल र पुरस्कार राशि रु २५०००(पच्चीस हजार) सहित पुरस्कृत भएको हाे । खाँडाचक्र नगरपालिका वडा नं. ५ कप,मेडल र पुरस्कार राशि रु १५०००(पन्ध्र हजार) सहित तृतिय स्थान हासिल गरेकाे छ ।
जसमा उत्कृष्ट खेलाडि नरहरिनाथ गाउँपालिका वडा नं.७ का किरण बटला पुरस्कृत भएका छन् । उत्कृष्ट स्पाईकर खाँडाचक्र नगरपालिका ६ का कुल गोराल पुरस्कृत भएका हुन । उदयमान खेलाडी मा खाँडाचक्र -४ का आयोजक टिमका नविन वि.क पुरस्कृत भएका छन भने उत्कृष्ट लिब्रो नरहरिनाथ – ७ का हिमाल वि.क पुरस्कृत भएका थिए ।
खाँडाचक्र नगरपालिका वडा नं ४ काे आर्थिक सहयोग तथा स्थानीय युवा क्लबकाे आयाेजनामा सन्ताेष बिक स्मृति कपकाे आयाेजना गरिएकाे वडा अध्यक्ष प्रर्वानन्द आचार्यले जानकारी दिएका छन् ।



