तिहार–छठलाई लक्षित गर्दै सुरक्षा सतर्कता १२ सय सुरक्षाकर्मी परिचालन

बाँके, १ कार्तिक  ।

चाडपर्वको माहोलसँगै बाँकेमा सुरक्षालाई प्राथमिकता दिँदै प्रहरीले कडा निगरानी थालेको छ । तिहार र छठ पर्वलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन जिल्लाभर उच्च सुरक्षा सतर्कता अपनाइएको बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए ।

उनका अनुसार तिहारका समयमा हुने आतसबाजीका कारण आगलागी र सवारी दुर्घटनाको सम्भावना रहँदा त्यसलाई न्यून गर्न विशेष रणनीति बनाइएको छ । साथै लागुऔषधको अवैध कारोबार, चोरी, जुवातास र अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले विशेष ध्यान दिएको छ ।

“पर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन हामीले नियमित चेकजाँचलाई अझ प्रभावकारी बनाएका छौँ,” डीएसपी पातलीले भने, “आवश्यक स्थानहरूमा अतिरिक्त प्रहरी पोष्ट स्थापना गरिएको छ र संयुक्त चेकजाँच पनि सुरु भइसकेको छ ।”

ट्राफिक व्यवस्थापनमा विशेष ध्यान

तिहार र छठका बेला यात्रुको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ । सवारी साधनको अत्यधिक आवागमन हुने क्षेत्रहरूमा प्रहरीको विशेष टोली खटाइएको छ ।

साथै, सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गराउन सचेतना अभियान सञ्चालन गरिएको छ । यात्रुको सहजताका लागि जिल्लाभर ४ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ, जसले यात्रुलाई आवश्यक जानकारी र सहयोग प्रदान गर्नेछ ।

१२ सय सुरक्षाकर्मी परिचालन

डीएसपी पातलीका अनुसार बाँकेमा करिब १२ सय सुरक्षाकर्मी परिचालन गरिएका छन् । नेपाल प्रहरीका अन्य युनिटबाट मात्रै ३ सय बढी प्रहरी थप गरी सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाइएको छ । सम्भावित जोखिम क्षेत्रहरूलाई प्रहरी निगरानीमा राखिएको छ र नियमित पेट्रोलिङ बढाइएको छ ।

धार्मिक सद्भाव र सामाजिक शान्तिको सुनिश्चितता

तिहार र छठजस्ता सामूहिक पर्वका बेला धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम रहोस् भन्ने उद्देश्यले प्रहरीले विशेष सतर्कता अपनाएको छ । विभिन्न समुदायबीच आपसी समझदारी बढाउन स्थानीय नेतृत्व र समुदायसँग समन्वय गरी संयुक्त कार्यक्रम सञ्चालन भइरहेको डीएसपी पातलीले बताए ।

“सामाजिक तनाव उत्पन्न गर्ने व्यक्ति वा समूहमाथि कडा कारबाही गरिनेछ,” उनले चेतावनी दिए । प्रदेशमै धार्मिक सद्भाव र सामाजिक एकता बलियो बनाउने सन्देशसहित बाँके प्रहरीले चाडपर्वलाई शान्त, सुव्यवस्थित र सुरक्षापूर्ण बनाउन सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

तिहार–छठलाई लक्षित गर्दै सुरक्षा सतर्कता  १२ सय सुरक्षाकर्मी परिचालन

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

तिहार–छठलाई लक्षित गर्दै सुरक्षा सतर्कता  १२ सय सुरक्षाकर्मी परिचालन

जेन–जेड प्रदर्शनमा मृत्यु भए पनि पेरुका राष्ट्रपति

Leave a comment

Your email address will not be published. Required fields are marked *