सामुहिक तरकारी खेतीमा चिंगाड गाउँपालिकाका कर्मचारी
सुर्खेत, ४ जेष्ठ ।
सुर्खेतको पूर्वी क्षेत्रमा अवस्थित चिंगाड गाउँपालिकाका कर्मचारीहरू आफ्नो दैनिक कार्य समय सकिएपछि कृषिकर्ममा संलग्न हुदै आएका छन् । सामान्यतया कार्यालयको काम बिहान १० बजेदेखि साझ ५ बजेसम्म चल्छ । तर उनीहरूले कार्यालयको समयपछि कृषि कर्ममा हात हालेर एक नयाँ उद्यम सुरु गरेका छन् ।
कर्मचारीहरू मिलेर स्थानीय जमिन लिजमा लिएका छन् । जुन जमीनलाई उनीहरुले तरकारी खेतीवाट हराभरा वनाएका छन् । यसले उनीहरूको जीवनस्तर सुधार्न मद्दत पुर्याउनुका साथै स्थानीय समुदायका लागि रोजगारीको अवसर पनि सिर्जना गरेको छ । कर्मचारीहरूको यस्तो पहलले कृषिको महत्व र उत्पादनशील गतिविधिहरूमा सघाउ पुरयाएको छ ।
तरकारी खेतीमा संलग्न कर्मचारीहरू विभिन्न स्थानबाट आएका छन् । उनीहरू सबै मिलेर यो उद्यम गर्दैछन् । यस किसिमको सहकार्यले कार्यालयका कामकाजी कर्मचारीहरूलाई एउटा नयाँ दृष्टिकोण र समर्पणको भावना दिएको छ । गत वैशाख कुरा हो । कार्यालयका केहि कर्मचारीहरु गफ गर्दै बसेका थिए । उनीहरु कार्यालय पछिको समय खेर गइरहेकोप्रति चिन्तित थिए ।
कार्यालयको काम बाहेक चिया चौतारीमा गफ गर्दै समय खेर गइरहेको थियो । कृषिमा लगानी भएन भन्दै कर्मचारीहरु छलफल पनि गर्थे । एकदिन कुरै कुरामा कुरा आयो । कृषकले गरेनन् मात्र भन्ने तर आफू पनि खाली समय उपलब्धि विहीन तरिकाले खेर फालिरहेका छौं । हामीले गर्दा पनि हुन्छ नि भन्ने सोच उनीहरुमा आयो ।
सुरुमा उनीहरुलाई तरकारी खेती गर्ने सोच आयो । तरिकारी खेतीबाट सुरु गर्ने अरु के– के सकिन्छ गर्ने भन्ने तिर लागे । पालिकामा कृषिको संम्भावना पनि थियो । वैशाख १५ गते छलफल गरेका उनीहरुले केहि दिनमै काम पनि सुरु गरे । पहिलो चरणको छलफल उनीहरुले कार्यालयका सबैलाई सुनाए । सुरुवाती चरणमा १३ जनाले सुरु गरेकोमा पछि २ जना थप भए १५ जना कर्मचारीहरु जोडिएका छन् ।
सुरुमा ८० रोपनी जमिन लिजमा लिएका उनीहरुले । अहिले फेरि २ सय रोपनि लिएका छन् । बन्दा,काउली,टमाटर,सिमी,साग, लगाएतमा बेमौसमी र मौसमी तरकारी खेती गर्दै आइरहेका छन् । पहिले वडा नम्बर ५ मा जमिन लिएका उनीहरुले दोस्रो पटक ४ नम्बरमा जग्गा लिए । स्थानीयलाई बार्षिक रुपमा जमिनको भाडा तिर्छन । १५ जना कर्मचारीहरुले लगानी गरेको छन् । उनीहरुले ३० लाख लगानी गरिसकेका छन् ।
सुरुमा २० लाख खर्च गरेका उनीहरुले दोस्रो चरणमा १० लाख बढी खर्च गरेका तरकारी खेतीमा जोडिएका पालिकाका सहायकस्तर पाचौं कर्मचारी खड्कबहादुर चन्दले जानकारी दिए । सबै जना कर्मचारीहरु कार्यलयको कामभन्दा अघिपछिको समय तरकारी खेतीमै हुन्छन् । उनीहरु समय भएसम्म सबै काम आफै गर्छन । समय मिलेका कर्मचारीहरु तरकारी खेतीतरि लागिहाल्छन् ।
बाकिँ कामको लागि स्थानीयलाई सहयोग माग्छन् । ज्यालामजदुरीमा स्थानीयले काम गर्छन । कर्मचारीले तरकारी खेती गरेबाट स्थानीयले गाउँमै रोजगारी पनि पाएका छन् । स्थानीय दैनिक ज्यालामुजदुरीमा काम गर्छन । मासिक रुपमा २ जना कर्मचारीहरु स्थानीय छन् । अन्य आवश्यकतामा आधारमा दैकिक रुपमा १०÷१२ देखी २० जनासम्म हुन्छन् ।
उनीहरुले लगाएको तरकारी विक्री पनि गरिसकेका छन् । २० लाख बढीको तरकारी बजारमा गइसकेको छ । अहिलेसम्मको खर्च र आम्मदानी लगभग बराबर भएको चन्दले बताए । उनका अनुसार दोस्रो चरणमा भने भर्खरै काम हुँदैछ । दअहिले आलु खेती मात्र लगाएको उनले बताए ।
वीरेन्द्रनगरमा भएका हाटबजारमा मण्डीहरुबाट तरकारी खरीद गर्नको लागि बारीमै पुग्छन् । छिन्चु, जहरे, लेकवेशीको बजारमा पनि तरकारी लिन पुग्छन् । हर्रे सँगै कोहलपुर, नेपालगञ्जसम्म पनि तरकारी जान्छ । तरकारी विक्रीको लागि पनि कर्मचारीहरु आफ्ै खटिन्छन् । उनीहरुले तरकारी व्यापारीलाई आफूले उत्पादन भएको तरकारी छ लैजानुस् भनेर भन्छन् । व्यापारीसँग समन्वयको काम गर्छन ।
कृषिको कुरा गर्ने तर नगर्ने प्रविधीलाई निरुत्साहित गर्नको लागि आफूहरुले यो योजना ल्याएर काम गरिहेको कर्मचारी चन्दले बताए । गाउँका किसानहरुले सिकुन् भन्ने मुख्य उदेश्य हो । उनले भने, ‘सधै परम्परागत खेती गरे आयआर्जन हुँदैन । व्यवसायिक खेती गर्न जरुरी छ ।
व्यवसायिक तरकारी खेती गर्न पालिका बासीले गर्न सकुन् भन्ने हो ।’ खेती कृषककले मात्र गर्ने हो । खेती गर्ने मान्छे कमजोर हुन्छन् भन्ने मानसिकता बदल्नको लागि पनि आफूहरुले काम गरिरहेको उनी बताउँछन् ।
कर्मचारी सधैं एकैठाउँ बस्न नपाउँने भएकोले गाउँले सिकास् भनेरनै सुरु गरिएको उनले बताए । जो जहाँ गएपनि खेती भने नछोड्ने उनले बताए । केहि स्थानीय साथीहरु पनि हुनुहुन्छ । उनले भने, ‘कोहिन कोहि यहाँ भैहाल्नुहुन्छ । जो पालिकामा कार्यरत हुनुहुन्छ । उहाँलेनै सम्हाल्ने कुरा भएको छ ।’ तरकारी खेतीको मलको लागि कर्मचारीहरुको १० वटा पाडा पनि पालेका छन् ।
कर्मचारीले व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि स्थानीय पनि व्यवासयिक खेतीतर्फ आर्कषित भएका छन् । उनीहरुमा अब हामीले पनि गर्नपर्छ भन्ने सोच आएको छ । पालिकाले पनि प्रत्येक वडामा पकेट क्षेत्रहरु निमार्णको कार्य गरिरहेको छ । वडामा कृषि समूह बनाएर तरकारी खेती गर्दै आएका छन् ।
सामूहिक र व्यक्तिगत फर्महरु पनि निमार्ण भएका छन् । उनीहरुले पनि खेती गरिरहेका छन् । चिंगाडमा २/३ प्रतिशत मात्र अन्य क्षेत्रमा छन् । अरु सबै कृषिमै निर्भर छन् । पालिका कृषि र पशुपालनको उच्च सम्भावना भएको पालिका पनि हो ।
कृषिमा पालिकाले काम पनि गर्दै आएको कृषि शाखा प्रमुख रोशनकुमार यादवले बताए । उनका अनुसार पालिका स्तरीय नर्सरी पालिकाले स्थापना गरेको छ । ओखरको विरुवा लगाएर कलमि गर्ने र कृषकलाई सस्तोमा विक्री गर्ने योजना भएको उनले बताए । कागती,प्याज,काउली,बन्दा लगाएतका बेर्नाहरु पनि वितरण गरिएकको बताए ।
५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषकको माग अनुसार मिनीटिलर वितरण पनि गरियो । उनले भने,‘ ओखरको कलमी बिरुवा पनि जुम्लाबाट ल्याएर किसानलाई वितरण गरेका छौं । १८ सय किवीको बिरुवा पनि बाग्मतीबाट ल्याएर वितरण गरेका छौं । हामीले किसानलाई यस्तै कार्यक्रम गर्दै सहयोग गरिरहेका छौं ।’
आफूहरुले तरकारी खेती गरेपछि कृषि खेती गरेर केहि हुँदैन भन्ने धारणामा परिवर्तन देखीन थालेको तरकारी खेतीमै संलग्न कर्मचारी स्थानीय शेरबहादुर रानाले बताए । निर्वाहमुखी खेती गर्ने कृषकहरु व्यवसायिक तर्फ लागेका छन् । उनले भने,‘ गाउँमा तरकारी बेच्ने चलन पनि थिएन । तरकारी बेचेर के पैसा आउँछ भन्ने थियो । अहिले यो सोच बदलिएको छ ।’
अहिले स्थानीयले पनि तरकारी खेती गर्न थालेका उनले बताए । कृषकको पहुँच बजारसम्म पुगाउँनको लागि समन्वय गरिदिएको बताए । उनका अनुसार स्थानीयले उत्पादन गरेको तरकारी पनि विक्री भइरहेको छ । फार्म दर्ता गरेर आफूहरुले तरकारी खेती गरेको उनले बताए । सबै साथीहरुले कामदारको रुपमा काम गर्ने गरेका छौं । उनले भने, ‘आवश्यकताको आधारमा स्थानीयलाई ज्यालामजदुरीमा सहयोग पनि माग्छौं ।’ स्थानीय हिमराज खड्का पालिकाका कर्मचारीहरुले गरेको तरकारी खेतीले सकरात्मक संन्देश दिएको बताउँछन् ।
तरकारी खेती गर्ने उनी भन्छन्, ‘म एक्लै थिए । व्यवसायीक तरकारी खेती गर्ने । कर्मचारीहरुले पनि सुरु गरेदेखी बजारीकरणको लागि सहयोग पुगेको छ । चिंगाडमा गहु र मकै मात्र होइन तरकारी खेती पनि गर्न सिने रहेछ भन्ने भएको छ ।’ कर्मचारीको लोभलाग्दो तरकारी खेती देखेर हरेक नागरिकले व्यवसायीक रुपले हामीले पनि गर्न सकिने रहेछ भन्दै सुरुवात पनि गर्न थालेका छन् ।
उनले भने, ‘कृषकले मात्र व्यवसायीक रुपमा खेती गर्छन भन्ने सोच पनि हट्दै गएको छ । कर्मचारीले कृषी पेशालाई माथी उठाउने लक्ष्य लिएपछि स्थानीय पनि यो पेशाप्रति लोभिएका छन् ।’ यसको परिणाम स्थानीयले व्यवसायिक रुपले खेती गर्न थालेका उनले बताए ।