यु १९ पुरुष विश्वकपको छनोटमा कर्णालीका २ खेलाडी


सुर्खेत । यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । उक्त टोलीमा कर्णाली प्रदेशबाट २ खेलाडी परेका छन् ।

नेपाल प्रिमियर लिगबाट उदाएका विपिन शर्मा सहित अरविन्द घर्ती टिममा परेका हुन् । शर्मा सुर्खेतका हुन भने घर्ती रुकुम पश्चिमका हुन् । यही चैत्र ३० बाट बैशाख ८ अर्थात्१२ अप्रिल देखि २१ अप्रिलसम्म काठमाडौँमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो ।

क्यानका अनुसार अन्तिम १४ सदस्यीय टोली भने चाडै घोषणा गरिने छ । विश्व कपका लागि एसिया छनोटमा नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानको सहभागिता रहनेछ ।

नेपाली युवा टोली
नरेन भट्ट (कप्तान), अभिषेक तिवारी, नीरज कुमार यादव, सहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अलि, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरविन्द घर्ती, सोहेल कुँवर, विपिन कुमार शर्मा, नितेश पटेल र अमर मिश्र

यु १९ पुरुष विश्वकपको छनोटमा कर्णालीका २ खेलाडी

१० औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds