घुयँत्राे:“मुर्खदेखि दैव डरा भनेकै यही हो: ओली, विधान र कुर्सीको प्रेमकथा”

ओलिका विरुद्ध उनका पाटिभित्रका मात्रै हैनकि पाटि बाईरका एक किसिमले सारा संसारै विपक्षियाँ लागेनि आखिर ओलिले पाटि अध्यक्षकाे चुनाब जितेरै छाेडे । “मुर्खदेखि दैव डरा ” भन्याझैँ आफू तेश्राेपटक अध्यक्ष हुन पटके र उमेरकाे हदबन्दीलाई च्यातेर फालेर विधानै परिवर्तन गरेका ओलिलेनै चुनाब जित्छन भन्ने कुरा त जुनदिन ती दुईटा बार भत्काएर छर्लङ्ग पार्याथे त्यै दिनाट एमालेका अध्यक्ष ओलिनै बन्ने भए भन्ने त घामजत्तिकै छर्लङ्ग भै सक्याथ्याे त्यत्ति हाे ओलि जति सक्याे छिटाे आँफुलाई बैध बनाएर ८४ काे चुनाबाँ जाने दाउमाथे ।

तर देशाँ एक्कासि भाकाे जेन्जी आन्दाेलनले उनकाे प्रधानमन्त्री पद खाईदेछि रन्थनियका ओलि झन जति सक्याे छिटाे यै ८२ कै चुनाबाँ पाटिलाई बहुमत दिलाएर सरकार बनाउने दाउमा झाेले अभियान थाले र आफ्ना पाईला अघि बढाए । ओलिकाे झाेले अभियानमा मै हुँ भन्ने विद्वानहरुलेनि आँफुलाई झाेलेकाे लाेगाे भिराएर बुध्दि विबेक धराैटि राखेर एकाेहाेराे ओलि ओलिकाे नारा रटन थाले ।

उनिहरुकाे त्यै विबेक धराैटि रखाईकाे परिणामस्वरुप ओलि ऐले एमालेका अध्यक्ष बनेका छन भने केही विवेक धराैटि राख्नेहरु जानि नजानि ओलिकाे लाईनबाट बाहिरिने अबसर प्राप्त गरेका छन । यद्यपि ओलिका मस्सलहरु कसैले चुनाब हारेका छैनन । चुनाबमा उठेजति सबैले जितेकै छन त्यत्ति हाे कसैले म याे पदमा उठनपाभा हुन्थ्याे भन्ने चाहना राखेकाे तर त्याे पदमा उठन नपा मात्रै हाे । उनका कित्ता भित्रका उठेकाजति सबैले चुनाब जित्याछन । त्यसैले अब अध्यक्ष ओलिलाई पाटिभित्र निस्फिक्रिरुपमा जस्तोसुकै निर्णय गर्ननि कहिँकतै बर्जित छैन । १० महाधिवेशनमा ओलिप्रति उठेका आैँलाहरु पनि अब बसिसकेका छन । अब एमालेपाटि भित्र अध्यक्षकाे विराेधि भन्ने काेहि छैन र सम्भब त याे चुनाबनै उनकाे अबकाे २० बर्षसम्म निष्कण्टरुपमा राज गर्ने अबसरर हाे । नेपालमा यत्तिकाे अडान भएकाे राजनीतिज्ञ काेहि छैन । तर बिडम्बना उनी राजकाज सम्हाल्छन तब देश विकासका लागि अडान लिने राजनीतिज्ञ नभएर आफ्नो आफन्त र परिवारलाई अनि आफ्नो चाकडिमा रातदिन एक गर्नेलाई मात्र हेर्ने र भष्टाचार र बेथितिलाई माैलाउन हालेर त्यसमै रमाउने मान्छ भएकाले ओलिका हातमा सत्ता जानू भनेकाे दुखि गरिब जनताकाे पेटमा सिधै लात मार्नु हाे । त्यसैले देशका लागि ओलि आउनु अत्यन्त घातकहाे । र उनी आउँदा याैटा कुरा के पनि डर छ भने कार्यकर्ताकाे भनाईमा लागेर पाटि भित्रका विपक्षि वा दलिय विपक्षिलाई पनि सन्त्रास भने सँधैछ । किनभने कुनै बेला उनले एट्याक गरेर अरुलाई सडकमा पुग्न बाध्य गराई दिन सक्छन । माैका परेका बेला आफ्नालाई मात्रै हुक लगाएर तान्नमा सिपालु ओलिले आफ्ना मान्छेलाई मात्रै कसरी तान्छन भन्ने कुरा यश पटककाे महाधिवेशन प्रतिनिधि चयनमा देखाई सकेकाछन ।

त्यसैले अब ओलिले एमालेमा अरु २० बर्ष कुनै संकट नआउने गरि पाटि हाँक्नेछन । यसमा काे अघि बढछ काे पछि छुटछ त्याे हिँडने मान्छेमा भर पर्ने छ । र यै चुनाबि परिणामले ओलिकाे जित र विपक्षिहरुकाे रुवाबासिसँगै एमालेले अरु पाँच बर्षका लागि महाधिवेशनकाे भारी विसाएकाेछ । र आउने फागुन २१ काे चुनाबमा ओलिकै नेतृत्वमा चुनाबमा जाने र सके बहुमत नभए सबभन्दा ठूलाे पाटिका रुपमा ओलिलाई फेरि करिब ७ मैनाकाे प्रवासपछि पुन बालुवाटार निवासमा भित्र्याउनेछ । यसले कार्यकर्तामा उत्साह थपेपनि जनतामा भने कुनै उत्साह र हर्ष जाग्ने छैन । किन भने ओलिकाे सत्ताआराेहण जनताले यसअघि कति हेरेका छन कति । तर जनताका निम्ति कतै उज्यालाेकाे संकेत देखिन्न तर पनि एमालेलाईनै भाेट दिन्छन त यसमा ओलिकाे के दाेष ।

घुयँत्राे:“मुर्खदेखि दैव डरा भनेकै यही हो: ओली, विधान र कुर्सीको प्रेमकथा”

नियमित दिनचर्या र अभिभावकको माया नै अटिजम

Leave a comment

Your email address will not be published. Required fields are marked *