लेकबेशी बहुउद्देश्यीय सहकारीको १९ औँ साधारणसभा 

सुर्खेत, ३० कार्तिक । 
लेकबेशी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक तथा चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । मंसिर २९ गते बसेको साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
सहकारीको अध्यक्षमा प्रेम बहादुर खड्का पुनः निर्वाचित भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा दलबबहादुर खत्री, सचिवमा दुर्गाप्रसाद सापकोटा र कोषाध्यक्षमा चिनमाया अधिकारी चयन भएका छन् । सदस्यमा घनश्याम कँडेल, शान्ति खड्का, सुनिता चन्द र विवेक खनाल निर्वाचित भएका छन् ।  त्यसैगरी, सहकारीको लेखा समितिमा संयोजकका रूपमा टिकारा ढकाल तथा सदस्यमा भुपेन्द्र खड्का र धु्रवबहादुर सिंह चयन भएका छन् ।
साधारणसभा सहकारीका अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सहकारीका पूर्वअध्यक्ष लालबहादुर थापाले सहकारीतर्फ बढ्दो विश्वास, सहकारीको मूल्य–मान्यता तथा उत्पादनमुखी कार्यक्रम आवश्यकताबारे सुझाव राखे ।
उनले सहकारीले वर्तमान आर्थिक परिवेशलाई हेरी उत्पादन र लगानीमुखी योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहकारीले असल ऋणी र उत्कृष्ट बचतकर्तालाई सम्मान गरेर प्रोत्साहन गरेको सहकारीले जनाएको छ । नयाँ कार्यसमितिले आगामी वर्ष सहकारीलाई थप पारदर्शी, आत्मनिर्भर र सदस्यमुखी बनाउने लक्ष्यसहित काम अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
लेकबेशी बहुउद्देश्यीय सहकारीको १९ औँ साधारणसभा 

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

लेकबेशी बहुउद्देश्यीय सहकारीको १९ औँ साधारणसभा 

एनपिएलको तयारी पूरा 

Leave a comment

Your email address will not be published. Required fields are marked *