बाँकेमा काठको उत्पादन वृद्धि हुँदै

बाँके , २९ साउन ।

बाँके जिल्लामा विभिन्न प्रजातिका काठको उत्पादन बढ्दै गएको छ । जिल्लामा रहेका सामुदायिक वनमध्ये ३१ वनमा सम्वर्‌द्धन प्रणाली लागू भएपछि काठको उत्पादन बढ्दै गएको जिल्ला वन डिभिजन कार्यालयका प्रमुख शङ्कर गुप्ताले जानकारी दिए ।“वनको दिगो व्यवस्थापनले काठ उत्पादन बढ्दै गइरहेको छ”, उनले भने, “अघिल्लो आवमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्युफिट काठ उत्पादन भएकामा गत आवमा चार लाख पाँच हजार ९८ दशमलव शून्य पाँच क्युफिट उत्पादन भएको हो ।

”जिल्लाका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन तथा निजी आवादी वनमा गरी गत आवमा चार लाख पाँच हजार ९८ दशमलव शून्य पाँच क्युफिट काठ उत्पादन भएको डिभिजन वन कार्यालयले जनाएको छ ।सम्वद्र्धन प्रणाली लागू भएका सामुदायिक वनबाट एक लाख ३२ हजार ८०० दशमलव १३ क्युफिट, सम्वर्‌द्धन प्रणाली लागू नभएका सामुदायिक वनबाट ७४ हजार ४१७ दशमलव ८४ क्युफिट र एउटा मात्र सम्वर्‌द्धन प्रणाली लागू भएको राष्ट्रिय वन शम्शेरगञ्ज माथेवास चक्लाबाट ८७ हजार ६५३ दशमलव ६५ क्युफिट काठ उत्पादन भएको कार्यालयका वन अधिकृत बाबुराम पोखरेलले जानकारी दिए ।

उनका अनुसार अहिले जिल्लामा भुवर भवानी नामक चक्ला वन समेत थप भएको छ ।विभिन्न व्यक्तिका निजी तथा आवादी वन क्षेत्रबाट पनि अघिल्लो आवको तुलनामा गत आवमा काठ उत्पादन बढेको उनले बताए । उनका अनुसार विभिन्न सामुदायिक वन सम्वद्र्धन प्रणाली लागू भएका र नभएकाबाट विभिन्न जातका ८६५ दशमलव ६५ चट्टा, राष्ट्रिय वनबाट २९९ दशमलव ७१ चट्टा र निजी आवादी वनबाट १४५२ दशमलव ९६ चट्टा उत्पादन भएको छ ।सामुदायिक तथा राष्ट्रिय वनबाट साल, असना, धौटी, जामुन, खयर, सिसाँै, हर्रो, बर्रो, कर्मालगायत प्रजातिका काठ तथा दाउरा उत्पादन भएका जनाउँदै पोखरेल निजी आवादी वनबाट मसला, टिक सिसौँ, सिमल, खयरलगायत प्रजातिका काठ तथा दाउरा उत्पादन भएका बताए ।उनका अनुसार काठदाउरा बिक्रीबाट गत आवमा रु ११ करोड ९५ लाख ४१ हजार ५६८ राजस्व सङ्कलन भएको छ भने रु ११ करोड ४७ लाख ६८ हजार ४८८ विभिन्न सामुदायिक वनहरूले आम्दानी गरेका छन् ।विगत तीन वर्षमा जिल्लामा लगातार काठ दाउरा उत्पादनमा वृद्धि हुँदै आएको तथ्याङ्क छ ।

आव २०७९/८० मा विभिन्न जातका तीन लाख ५२ हजार दशमलव ८१ क्युफिट काठ उत्पादन भएको थियो ।कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाईसुर्खेत, २८ साउन ।आर्थिक वर्ष २०८१/८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ ।सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अर्ग्यानिक भ्याली’ले सङ्कलन गरेर जर्मनीलगायत देशमा निर्यात हुँदै आएको अधिकृत थापाले बताए ।कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्ग्यानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गरिरहेको छ । मन्त्रालयकानुसार प्रदेश स्थापनाकालदेखि हालसम्म रु १८ अर्ब ४७ करोड बराबरको रकम कृषि क्षेत्रमा बजेट विनियोजन भएकामा रु १४ अर्ब बराबर रकम लगानी भइसकेको छ ।

मन्त्रालयले आव २०८१/८२ मा साना सिँचाइ निर्माण तथा मर्मतसम्भार शीर्षकमा सात सय ४७ वटा योजना निर्माण गरेको जानकारी दिएको छ । गत एक वर्षमा चार हजार ४४ स्याउका बिरुवा १९ हेक्टरमा र दुई हजार आठ सय २४ ओखरका बिरुवा २५ हेक्टरमा रोपिएको छ । बीस हजार १०० सुन्तला, १५ हजार ४०० कागती, दुई हजार ओखर र एक हजार स्याउका बिरुवा रोपिएको छ ।खाद्य सुरक्षा कार्यक्रममार्फत १० हजार स्याउ, एक हजार ९५० ओखर, तीन हजार २७० सुन्तला र दुई हजार लिचीका बिरुवा रोपिएको छन् । खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रमअन्तर्गत उन्नत जातका २१ क्विन्टल धान, २२समावेश गरिएको छ । उक्त वर्ष २१.२९ मेट्रिक टनसागसब्जीका बीउ प्रमाणीकरण भएको थियो ।

बाँकेमा काठको उत्पादन वृद्धि हुँदै

आँखामा चक्कु प्रहार गरी फरार पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds