पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

कञ्चनपुर, २९ साउन ।
पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण अगाडि बढाएको छ । नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा पाहुना घर निर्माण अन्तिम चरणमा पुगेको हो ।पाहुना घर निर्माणका लागि नगरपालिकाबाट रु तीन लाख र सामुदायिक वनबाट रु सात लाखभन्दा बढी रकम खर्च गरिएको वनका अध्यक्ष जोगराज चौधरीले जानकारी दिए ।

उनका अनुसार स्थानीय शैलीमा पाँचवटा कोठासहितको पाहुना घर निर्माण भइरहेको छ । “प्रत्येक कोठामा दुई शय्यासहित अन्य आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ । दुई महिनाभित्र घर सम्पन्न गर्ने लक्ष्य लिइएको छ”, उनले भने ।निर्माण सम्पन्न भएपछि सामुदायिक वन अवलोकनका लागि आउने पाहुनाबाट न्यून शुल्क लिएर बासको सुविधा उपलब्ध गराइने चौधरीले बताए । पाहुनाको रुचिअनुसार थारु, राना थारु र पहाडी समुदायका अर्गानिक परिकारका खाना पस्किने योजना रहेको उनको भनाइ छ ।“पाहुनाको मागअनुसार थारु समुदायको परम्परागत संस्कृति, रहनसहन, भेषभूषालगायत विविध पक्षबारे जानकारी दिने योजना बनाएका छौँ” अध्यक्ष चौधरीले भने, “अर्गानिक खानासहित परम्परागत नृत्य देखाएर पर्यटकलाई मनोरञ्जन दिने छौँ ।” उनका अनुसार पाहुना घर सञ्चालनका लागि कार्यविधि तयार गरिएको छ ।पाहुनालाई वनभित्रको भ्यू टावर, पिकनिक स्थल, छ हेक्टर क्षेत्रफलमा रहेको सालको पुनःउत्पादन प्लट, १६ कट्टाको पोखरीमा डुङ्गा सयरलगायत सुविधा उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिए । यसले पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानीयको आयआर्जन बढ्ने उनले विश्वास व्यक्त गरे ।

सामुदायिक वनसँगै जोडिएको सिंहपुरको पुरानो थारु बस्तीमा १० वटा घरमा होमस्टे (घरबास) सञ्चालन गर्ने योजना बनाइएको बताउँदै चौधरीले चालु आर्थिक वर्षमै होमस्टे दर्ता गरी औपचारिक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।सामुदायिक वनलाई पर्या–पर्यटनसँग जोडेर उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले थालिएको पाहुना घर निर्माण शीघ्र सम्पन्न भई सञ्चालनमा आउने कृष्णपुर–६ का वडाध्यक्ष बाबुराम चौधरीले बताए । पाहुना घर निर्माणका लागि वडा कार्यालयका तर्फबाट सक्दो सहयोग गरिने उनले प्रतिबद्धता जनाए ।

 

पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

मिरा पन्त : जसले ‘महिलाले सक्दैनन्‌’ भन्ने

पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *