स्वदेशमा आत्मनिर्भर हुन सकिन्छ’
पृथ्वी बहादुर सिंह

वुवा वलिराज शर्मा, आमा चन्द्रकलाका दुइभाई मध्य कान्छाको वी.न.पा. वार्ड नं. १० रहरपुर सुर्खेतमा २०४३ असाढ ८ गते आइतवारमा जन्मेका थिए भिम प्रसाद शर्मा ।
६ वर्षको हु“दा जन सेवा मा.वि.घुस्रा सुर्खेत अध्ययन शुरु गरेका थिए । त्यही विद्यालयबाट २०६१ एसएलसी उतिर्ण गरेका थिए । त्यसपछी अगाडी अध्ययन अमर ज्योती नेवारे सुर्खेत एघार उत्तिर्ण पछि १२ कक्षा वहुमुखी शिक्षा क्याम्पस वीरेन्द्रनगर सुर्खेतबाट पास गरेका थिए ।
अध्ययन विश्राम गरी पहिलो का“क्रेविहार वोर्डिङ स्कुलबाट अध्यापन शुरु गरेर सुर्खेत वीरेन्द्रनगरका विभिन्न वोर्डिङ अध्यापन गराएका छन् । अध्ययन छोडेर शिक्षा क्याम्पस विरेन्द्रनगरवाट अर्थशास्त्रमा स्नातक पास गरी जनसेवा मा.वि.घुस्रा अमरज्योती मा.वि नेवारे सुर्खेतमा ९ वर्ष अस्थाई शिक्षकको रुपमा अध्यापन गराउनु भएको हो ।
फेरी अध्ययन बढाउने क्रममा म.वि.वि.सर्खेतवाट स्नातक उत्तर लेखामा पास गरी त्रि.वि.वि किर्तिपुरवाट लेखा फस्टयर अध्ययन गर्दा गर्दै घरपरिवार ले लोकसेवा तयारी गरी पास भएर सरकारी जागीर खानु पर्छ भन्ने दबाब गर्दा फिर्ता भएर सुर्खेत आई लोकसेवा ५ महिना अध्ययन गर्दा गर्दै लोकसेवा पास गरेका साथिभाइहरु संग भेटघाट हु“दा उनीहरुको घमण्ड परिवारको अहंमता गर्ने देख्दा अब लोकसेवा पढने जागीर खान्न भन्ने मन मरेर गएको हो ।
पुनःअमरज्योती नेवारे क्याम्पसमा अध्ययन गराउ“दै व्यावसाय गर्ने मन भएकोले टयुसन सेन्टर र विद्यार्थी होस्टेल सिम्ताली चोक वीनपा–८ मा स्थापना गर्न पुगेका थिए । राम्रो प्रकारले सन्चालन हु“दै गर्दा करणा महामारी को घटना हुन पुग्यो । पुन व्यवसाय आट गर्न नसके पछी काठमाडौ देखी सुर्खेत सम्म संचालित विभिन्न पत्रपत्रिका संचारमा संचारकर्मी भएर पनी आठ वर्ष समय विताउन पुगेका थिए ।
स्वदेशमा नै आत्मा निर्भर हुने व्यावसाय गर्ने मन भएका शर्मा २०८१ वैशाख १२ गतेवाट वि.न.पा १० दिपनगर मा आमा दुध संकलन तथा वितरण केन्द्र (दुधडेरी) स्थापना ३ लिटर दुध गरीद गरी शुरु गरेका हाल २०० लिटर हाराहारी दुध संकलन वितरण गरिरहेका छन ।

सुर्खेत वि.न.पा ४ भैरव स्थान निवासी ससुरा राम प्रसाद न्यौपाने, सासु भिमा न्यौपाने कि छोरी मध्य शान्ती न्यौपानेसंग निजी विद्यालय अध्यापन गराउ“दै गर्दा २०७२ सालमा प्रेम विवाह गरेका हुन । अहिले उँहाका छोरा आदित्य दश वर्ष र छोरी अभिसा ६ वर्ष कि छन । दुवै छोराछोरीलाई निजी वोर्डिङ अध्ययन गराउनु भन्दा सामुदायीक विद्यालय अध्ययन गराउ“दा नै राम्रो ज्ञान आर्जन हुन सक्ने भएकोले जन.मा.वि.विरेन्द्रनगर मा अध्ययन गराई रहेका छन् ।
सत्रौ सताब्दीमा पश्चिमी मुलुकमा आएको संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित हु“दा हा“म्रो नेपालमा एकाइसौ सताब्दिमा उज्यालो आउ“दा युगौयुग निरुन्कुश सामान्तवादको अन्त्य भएर संघीय लोकतान्त्रिक शक्ति विकेन्द्रिकरण गणतन्त्र को १८ वर्ष हुन गएको छ । प्रजातन्त्रका सेनानीहरुले स्विजरल्याण्ड वनाउने सपना वा“डेका थिए । अब त भाडामा श्रम वनाउन परदेश जान पर्दैन होला सामान्तवादले कर मा मस्ती गरे जस्तो गर्दैनन होला सानो मुलुक भए पनी प्रकृतीले स्वदेशमा अथाह संम्पदा रहेको छ । युवा श्रम गरेर आत्मा निर्भर बन्छन होला जनमनमा ठुलो आसा पलाएको थियो ।
अध्यात्मवाद सुतेका मुलकको भौतिक विकाश गुजरामुखी कृषि पशुपालन अन्त्य फाम सिस्टम गदै राज्यले पहल गर्ने छ । भुगर्भ मित्र रहेका अमुल्य संम्पदा खोजी उत्खनन प्रशोधन गरेर स्वदेश आत्मा निर्भर हुने प्रदेशमा पैठारी गरी युरोपका स्केन्डेभिएन साना मुलुक आत्मा निर्भर भए जस्तै सम्पन्न हुनेछ भन्ने मलाई लागेको थियो । त्यहि शोच लिएर विदेश अध्ययन जाने भाडामा कमाउन जाने मन नबनाएर प्रदेश राजधानी वीन्द्रनगरमा एकपछी अर्को व्यवशाय संचालन गर्दै आए । समुन्तम सपना देखाउने ।
राजनिती नेतृत्व कर्मचारीतन्त्र उही सामान्ती संस्कार छोडन नसकी आÏना नाता ,आस्था कमिसन रहेर अगाडी वढदा म्यानपावर कम्पनी थप गर्दै विश्वका विभिन्न मुलुकमा श्रमदास युवा लाखौ पठाउने लाहुरे संस्कार एथावत राखेपछी एकदिन अवश्य स्वदेशमा आजको गुजरा मुखी कृषि पशुपालन अन्त्य भएर परदेवाट खाद्यान्न देखी मानव अनेकौ सामान आयात गर्ने मुलुक भएपनी एकदिन अवस्य देश उन्नती गर्ने सवल नेतृत्व जनमत दिएर पठाउन पर्छ ।
जुन सुकै मुलकु आत्मनिर्भर हुन राजनितीमा सेवा र नामको लागी पहिचान गरी मत दिएर पठाउ“दा नै सम्पन्न भएका छन । त्यो अवश्य पनी एकदिन आउने छ । आजको राजनितीलाई कमाउ धन्दा गर्नेलाई लखेटी स्वदेशमा रोजगार गरी आत्मनिर्भर शिक्षा, स्वास्थ्य निःशुल्क सामुदायिक विद्यालयको समृद्धी गराउन सकिन्छ भन्ने पनि दुर सन्देश दिँदै आएका छन भिम प्रशाद शर्मा ।






