छाउगोठमा सुतेकी युवतीको सर्पले टोकेर मृत्यु

कञ्चनपुर,२९ असार।

कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउ गोठमा सुतेकी २८ वर्षीया कमला दमाईको गएराति सर्पदंशबाट मृत्यु भएको हो । राति करिब ८ बजेको समयमा करेट जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा कमलाको मृत्यु भएको हो ।

स्थानीय सुचित्र सिंहकाअनुसार कमला छिमेकीको घरछेउको छाउगोठमा सुत्न गएकी थिइन् । उनी दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् ।
परिवारको पक्की घर भए पनि अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण छाउ गोठमा बस्न बाध्य भएको बताइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

छाउगोठमा सुतेकी युवतीको सर्पले टोकेर मृत्यु

यार्सा संकलनमा उदार नीति : संकटमा कर्णालीको

छाउगोठमा सुतेकी युवतीको सर्पले टोकेर मृत्यु

सम्पादकीय : संस्थागत सुधारमा ध्यान देऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *