सिम्तामा वैयक्तिक शैक्षिक योजना सम्बन्धी शिक्षकलाई तालिम

दुर्गा विसि

सल्यान,२८ असार।

युनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र (स्याक) नेपालकको आयोजना र सिम्ता गाउँपालिका मानव संसाधन विकास केन्द्र वीरेन्द्रनगर सुर्खेतको समन्वयमा “गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा बजेट व्यवस्थापनका लागि स्थानीय तहको क्षमता विकास सवलीकरण कार्यक्रम अन्तर्गत” वैयक्तिक शैक्षिक योजना सम्बन्धी शिक्षकलाई ४ दिने तालिम ” कार्यक्रम सम्पन्न भएको हो ।

सिम्ता गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धि बहादुर गौतमको अध्यक्षता र सिम्ता गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मी प्रमुख अतिथ्यतामा तालिम सम्पन्न भएको हो । अपाङ्ग भएका बालबालिकालाई समावेशी रुपमा शिक्षा प्रदान गर्ने मुल उद्देश्यका साथ सिम्ता गाउँपालिकाका छनौट १५ विद्यालयका २९ जना शिक्षकलाई तालिम प्रदान गरिएको हो ।

वैयक्तिक शैक्षिक योजनाको बारेमा जानकारी गराउँदै वैयक्तिक शैक्षिक योजना सम्बन्धी शिक्षकको क्षमता अभिवृद्धि गर्दै कक्षाकोठामा सबै बालबालिकालाई समाहित रुपमा शिक्षण गर्ने सहज पुर्याउने ध्येय रहेको छ । कक्षाकोठामा विभिन्न सिकाइ स्तरका बालबालिका रहेका हुन्छन् तिनलाई एकीकृत रुपमा सिकाइ गराउन यस तालिमले सहज पुर्याउने आस राखिएको छ ।
तालिमलाई सम्बोधन गर्दै उपाध्यक्ष रेग्मीले “शिक्षकले शिक्षण गर्दा बालमनोविज्ञान, बालकको बौद्धिक क्षमताको मापन गरेर मात्रै पढाउनु पर्ने बताउनु भएको छ ।

कक्षाकोठा विभिन्न व्यवहारिक समस्या भएका बालबालिका रहेका हुन्छन् तिनलाई पहिचान गरेर पढाउनु पर्ने दायित्व शिक्षकको हो” भएको उहाँको भनाइ रहेको थियोे ।
कार्यक्रममा अन्य युनिसेफ नेपाल देखि फर्सुराम पन्थ, सिम्ता गाउँपालिका प्रास धनबहादुर खत्री, भविन्द्र प्रसाद शर्मा, विन्द अधिकारीको सहभागीता भएको समाज जागरण केन्द्र (स्याक) नेपालका शिक्षा अधिकृत तुल्सी खत्रीले जानकारी दिनु भएको छ ।

सिम्तामा वैयक्तिक शैक्षिक योजना सम्बन्धी शिक्षकलाई तालिम

पैदल यात्रा, पसिनाको मेहनत र आत्मनिर्भरता: जुम्लाका

सिम्तामा वैयक्तिक शैक्षिक योजना सम्बन्धी शिक्षकलाई तालिम

यार्सा संकलनमा उदार नीति : संकटमा कर्णालीको

Leave a comment

Your email address will not be published. Required fields are marked *