कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

अछाम, २६कार्तिक । 
जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा यही कात्तिक १८ गतेदेखि सातदिने सीप विकास तालिम कारागारमा सञ्चालन गरिएको हो ।
कारागारमा रहेका कैदीबन्दीमध्ये अहिले १५ जनालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भीमबहादुर सिंहले बताए । उनका अनुसार कार्यालयले कैदीबन्दीको मागबमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो । कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुनःस्थापित हुन तालिमले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल 

Leave a comment

Your email address will not be published. Required fields are marked *