आपतकालीन तटबन्धले बचायो बाँकेका एक दर्जन बस्ती

बाँके, २६ साउन ।
बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका करिब एक दर्जन बस्ती आपतकालीन तटबन्ध निर्माण भएपछि तत्कालका लागि डुबानको उच्च जोखिमबाट मुक्त भएका छन् । राप्ती नदीमा बनेको ४ सय मिटर लामो तटबन्धका कारण नदीले धार परिवर्तन गरेपछि खतरामा रहेका बस्ती सुरक्षित बनेका हुन् ।

दुई वर्षअघि आएको भीषण बाढीले पक्की तटबन्ध बगाएपछि नयाँ तटबन्ध निर्माणका लागि बजेट अभाव भएको थियो । यसबीच, जनताको तटबन्ध कार्यक्रम लमही, दाङले सिमेन्टका पोल, बाँस, बालुवा भरिएका बोरा र जालीको प्रयोग गर्दै छोटो समयमा आपतकालीन तटबन्ध निर्माण गरेको हो । आयोजना प्रमुख डा. नारायण सुवेदीका अनुसार दिनरात खटेर काम सम्पन्न गरिएकाले नदीको कटान रोक्न सफल भएको हो ।
स्थानीय बासिन्दाहरूले लामो समयको माग दुई महिनाभित्रै पूरा भएकाले खुशी व्यक्त गरेका छन् । राप्तीसोनारी–७ का दीपनारायण बर्माले यस वर्ष कटान नहुने विश्वास व्यक्त गरे। वडा अध्यक्ष लवराज खरेलले यो कामले स्थानीयलाई ठूलो राहत दिएको बताउँदै आगामी बर्खा लगत्तै स्थायी तटबन्ध निर्माण हुने आशा व्यक्त गरे ।

हाल खल्लाझगडियामा आपतकालीन तटबन्ध निर्माण सम्पन्न भएपछि अब फत्तेपुर जरैया क्षेत्रमा पनि यस्तै काम सुरु गर्ने जनाइएको छ । खल्लाझगडिया क्षेत्रमा पक्की तटबन्ध मङ्सिर २०८३ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ साई माँ दुर्गा भिन्सी जेभीले ६ करोड ५ लाख रुपैयाँमा ठेक्का लिएको जनाइएको छ । वर्षा सकिएलगत्तै स्थायी संरचना निर्माण कार्य सुरु गरिने जनताको तटबन्ध कार्यक्रम लमहीले जनाएको छ ।

आपतकालीन तटबन्धले बचायो बाँकेका एक दर्जन बस्ती

सम्पादकीय : रिक्त निकायलाई तत्काल पूर्णता देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *