कर्णालीमा कांगेस–एमाले सम्बन्ध सुधारको बाटोमा

सुर्खेत, २५ साउन ।
कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीचको सम्बन्ध सुधार भएको छ । केही दिन यता दुबै दलमा सत्ता साझेदारीका विषयमा बढेको असमझदारीपछि शनिबार बसेको दुई दल सम्मिलित प्रदेशस्तरिय संयन्त्रको बैठकले गठवन्धनको मर्मअनुरुप अघि बढ्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सहमागी नेकपा एमालेका प्रदेश अध्यक्ष गुलावजंग शाहले दुई दलबिच बनेको सरकारलाई आगामी दिनमा प्रभावकारी बनाएर लैजाने सहमती भएको बताए । उनले एक वर्षमा सरकारले गरेका कामकारवाहीको समिक्षासँगै सरकारलाई अझ प्रभावकारी बनाउने विषयमा साझा धारणा तय भएको बताए ।
कांग्रेस–एमाले बिच सत्ता साझेदारीमा खटपट भएको भनि गरिएको प्रचारमा सत्यता नरहेको समेत अध्यक्ष शाहले बताए । ‘प्रदेशका विभिन्न निकायमा खालि रहेका पदाधिकारी तत्काल नियुक्त गर्ने, सरकारलाई अझ प्रभावकारी बनाउन साझा धारणा तय गर्ने तथा सरकार सञ्चालनको एक वर्षलाई समिक्षा गर्ने दुई दलबिच सहमति भएको छ,’ अध्यक्ष शाहले भने ।

केही दिनअघि सरकारको नेतृत्व गरिरहेको एमालेले गठबन्धन संस्कृतिको मर्मअनुरुप कांग्रेस नचलेको निष्कर्ष निकालेपछि गठवन्धनमा खटपट सुरु भएको जनाइएको थियो । बैठकमा कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, मुख्यमन्त्री यामलाल कँडेल, एमाले प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह र प्रदेश इन्चार्ज गोरख बोगटी सहभागी थिए ।

कर्णालीमा कांगेस–एमाले सम्बन्ध सुधारको बाटोमा

कर्णाली पर्यटन पत्रकार मञ्च गठन

कर्णालीमा कांगेस–एमाले सम्बन्ध सुधारको बाटोमा

नेपाल–भारत सीमाको नरैनापुरमा अनुगमन

Leave a comment

Your email address will not be published. Required fields are marked *