घुयँत्राे:” बिरसिक्का”

बा काे पाटिकाे विधान अधिवेसन सकियाे । बाले राजनीतिकाे छेकबार बनेकाे विधानका दफा क्लिएर गराए ! अब उनलाई र उनकाे पदलाई तगाराे हाल्ने केही चिज बचेन भनेर ढुक्क भएर आएका बा र तिनका झाेलेहरुमा एक्कासि जेनजीले गरेकाे आन्दोलनले देशै छाेडेर भाग्नु पर्ने अबस्था ल्याउला जस्तो छ । आफ्ना झाेलेहरुकाे आडमा देशमा तथानाम एकपछि अर्का काण्ड गर्दै हिनेका बाले अन्तिम पटक सामाजिक सन्जाल बन्द गरेर आफ्ना दर्शन छाँटदै र विद्वान भनाउँदाहरु भन्दै जुन तिर हानेका थिए अन्तत ती तिर आँफैतिर फर्किएका छन ।
मान्छे गाडिले किच्नु सामान्य कुरा हाे भनेर काेशीका अर्थमन्त्रीकाे समर्थनमा बाेल्नु र सामाजिक सन्जाल बन्द गर्नु याे सरकारकाे पुरुषार्थ हाे कानुनि शासनहाे भनेर देशैभरका कार्यकर्ताकाे अगाडि बाेलेपछि तालिकाे गड्गडाहट्ले अब २५ बर्ष ओलिलाई कसैले छुन नसक्ने भ्रमपालेर बालुवाटार दरवार छिरेका ओलि २४ घण्टा नवित्दै १९ जना मान्छे मारेर कलंकित बनेका छन । पहिला युवाहरुकाे आन्दोलनलाई खिस्सिटिउरि गरेका बाले पछि आन्दोलनकाे बेग राेक्न गाेलिकाे सहारा लिँदै १९ जना कलिला बालकहरुकाे ज्यान लिनु पर्याे। अन्तत बाकाे २५ बर्ष निष्कटङ्क राज्य गर्ने चाहना अब यिनै युवाकाे आन्दोलनले खाई दिनेछ । त्यतिमात्रै हैन युवाले साच्चिकै ति १९ निर्दाेषकाे बदला लिन थालेभने देशबाटै भाग्नु पर्ने स्थिति आउन सक्छ प्रधानमन्त्री ओलिलाई । सत्ताकाे अन्धबेगमा उडि रहेका ओलि अन्तत सत्ताबाट यति नराम्ररी पछारिने छन कि जसका कारण उनकाे पाटि समेत गाेडा बिसतिस बर्ष जनताकाे नजरमा कलंकित भएर बस्ने अबस्था आउन सक्छ । ओलिकै व्यक्तिगत चाहना र उन्मादले गर्दा संसारभरमा रहेकाे एक मात्र नेपालकाे कम्युनिष्ट पाटि एमाले जेनजी आन्दोलनले खाने स्थितिमा पुगेकाेछ । २१ आैँ सताब्दिमा मान्छे मारेर सत्ता टिकाउँछु भनेर साेच्नु मुर्खता हाे। त्यसैले आन्दोलन राेक्ने अबकाे उपाए भनेकाे राजिनामा दिएर भूमिगत हुनु वा देश छाेडेर भाग्नुनै श्रेयस्कर हाे । याे आन्दाेलनले सत्ता छाेडेर देशमै बस्छु भनेर पनि छाेडनेवाला छैन । भष्टाचारीलाई तहलाउने उद्देश्यका साथ अघि बढेकाे आन्दोलन भएकै कारण २०४६ साल देखि ऐलेसम्म बेला बेलामा सत्तामा बसेर ढलिमलि गर्ने बा हुन वा छाेराहरु या दाईभाउजु वा तिन्का सन्तान ,सबैसित हिसाब किताब बराबर गर्ने लक्ष्य आन्दोलनकाे देखिन्छ।
त्यसैले आजका मितिसम्म सत्तामा बसेर वा बाहिर बसेर जाे जस्ले विध्वंस मच्चाएका छन तिनिहरुकाे एकएक हिसाब लिएर बन्दाेबस्त गर्नु पर्छ । ४६ सालकाे आन्दोलन दवाउने र तत्कालिन अबस्थामा बनेकाे मल्लिक आयाेगले छानबिन गरेर दाेषि ठहर गरेका र गिरिजा प्रसादले सम्मानित र पुरष्कृत गरेका ती देाषिदेखि लिएर याे आन्दोलन सफल नहुँदासम्म यसलाई असफल पार्न लागि पर्ने हरेककाे छिनाे फानाे गरेर कार्वाहि गरिनु पर्छ । जेएनजीकाे सफल आन्दोलनबाट सरकार हाँक्ने जिम्मा पाउनेहरुले सबैभन्दा पहिला यी पाटिगतरुपमा नियुक्ति पाएका न्यायाधीशहरुलाई तत्काल बर्खास्त गरेर नयाँ न्यायपालिकाकाे निर्माण र फेरबदल गर्नुपर्छ ।याे सँगै प्रशासनिक सुधार ( अत्यावस्यक पद र कर्मचारी ) र सुरक्षा निकायकाे नेतृत्व सवल र सक्षम ब्यक्तिलाई दिन सकियाे भने जेनजी नेतृत्वप्रति जनताकाे विश्वास बढनेछ । हरेक क्षेत्रमा विकास र निर्माणकाे आबस्यकता रहेकाे याे मुलुक निर्माण गर्ने जिम्मा पुलिस , सेना र युवालाई संयुक्तरूपमा दिन सकियाे भने देश बन्न त्यति टाईम लाग्दैन । यहाँ त बस भष्टार र दलाल भन्ने यी दुई बस्तु उत्पन्नै हुन नदिने हाे भने देश त्यसै बन्छ । तर यसका लागि पूराना दल र पूराना नेता हाेईन ।बालेन ,साम्पाङ अनि गाेपि हमाल जस्ता व्यक्तिको अगुवाईमा देशलाई अगाडि हिँडाउनु पर्छ । अन्यथा याे आन्दोलन पनि अघिल्ला आन्दोलनहरुजस्तै देशका लागि निरर्थक साबित हुनेछ । के जेनजीले आफ्नो आन्दोलन सफल नबनाएर परिणाम शून्य बनाउँदै आँफूपनि अघिल्ला आन्दोलनका नेताहरुझैँ दाेषि र असफल बन्न चाहला र?





