कस्ले पुगाईदेला रगतले लत्पत्तिएकाे शरीर

नवीन कुमार पाण्डे माेडल (लेखक)

काेहि पुर्व ,काेशि पश्चिम घर । कस्ले पत्ता लगाउला मृतककाे थर , अनि कस्ले पुगाउले मृत शरीर घर ।
आमा म आन्दोलन मा हिडे है
किन छोरा के को आन्दोलन ?
तिमि लड्यै बा लडे देश बन्छ भनी । दाई ले आट नै गरेन बन्दैछ देश भनी । म जानु पर्छ आमा अब गर्नु छ परिबर्तन नाम को हैन काम को ।
सानो बोतल पानीको , ब्यागमा भुटेको भात खायर निस्किन्छ , हुत्तिन छ हजारौ भिड मा आफ्नो पुस्ता को आबाज सुनाउन उस को आबाज अझ बुलन्द हुन्छ हजारौ को भिड मा मिसिदा, के था रकक्ष नै भक्छक हुन्छ भन्ने बिचरा लाई एक्कासि छुन्छ गोलीकाे प्रहार ।
हात मा समायको ब्यानर पछारिन्छ, भुई मा सङै को साथि ले हेर्न न पाउदै गर्ल्यामै ढल्छ भुई मा । अनी भन्छ आमा माफ गर सकिन मैले तिमि सङ्ग को बचन बचाउन । म न्याय माग्न गयको बदला मा मैले मृत्यु पाए । खै कोले पुर्याउछ होला त्यो रगत ले लत्पतियको जुत्ता घरमा, अनि त्याे शरीर जाे रक्तहिन छ तर सास छैन। अनी तिहार आउदै छ कस्काे गलामा लगाउछिन होला बहिनी ले माला । माथि बाट हेर्दै छ मेरा सह्योदा ले छाेड्छन होला कि नाई आन्दोलन ।
त्यो पनी हेर्दै छ म माथि गोली चलाउने के भन्छ होला घरमा । आफ्ना छोरा छोरी लाई सुम्सुमाउदै कसरी सुनाउछ होला बिरताको कथा।

कस्ले पुगाईदेला रगतले लत्पत्तिएकाे शरीर

जेन-जी आन्दोलन : ट्रमा सेन्टरमा थप दुई

कस्ले पुगाईदेला रगतले लत्पत्तिएकाे शरीर

एनआरएनए पोर्चुगलको प्रवक्तामा नबराज घर्ती नियुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *