लेदोसहितको पहिरो पन्छाएपछि: खुल्यो कर्णाली राजमार्ग

गाेल्डेन बुढा

जुम्ला,२२ साउन।
अवरुद्घ कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक संचालनमा आएको छ।कालिकोटको गगने खोलाको सडक एकतर्फी संचालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। माथिबाट लेदोसहितको पहिरोले मंगलबार दिउँसोदेखि अवरुद्ध थियोे। सडक कार्यालयका अनुसार पहिरो पन्छाउन बुधबार बिहान ७ बजेदेखि दुई वटा मेसिन (जेसिबी) लगाएर करिब ११ बजे सडक सञ्चालनमा ल्याइएको हो।पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन गर्न मंगलबार बिहान ७ बजेदेखि दुई वटा मेसिन परिचालन गरेर खुलाइएको राजमार्ग दिउँसो २ बजेदेखि पुनः अवरुद्ध भएको थियोे।गगने खोलामा आएको लेदो सहितको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सडक खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै सुर्खेतबाट माथि आउँदै गरेका र जुम्ला, कालिकोट, मुगु, बाजुरा हुँदै हुम्लाबाट सुर्खेततर्फ आउजाउ गर्न रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन्।पहिरोको बढी जोखिम रहेको कालिकोट खण्डको हुल्मदै खोला खण्डमा सडक डिभिजन कार्यालय जुम्लाले दुई वटा जेसिबी मेसिन राखेको छ।‘पहिरो झर्छ, मेसिन पठायो। केही समय खुल्छ, फेरि बन्द हुन्छ। जुम्लादेखि सुर्खेत लागेकी यात्रु ज्याेतीसरा बुढाले बताइन्।उनलेे भनिन् यात्रुुले सास्ती खेपिरहेका छन्। सडकको ठेगान छैन।सबै बढी महिला,बालबालिका,जेष्ठनागरिक र अपांगहरूलाई समस्या छ। हिड्न गाह्रो,बाहिर झरे माथि बाट पहिराे सहित ढुंगा खस्ने डर उतिकै छ। यस्तै यात्रु धन्ननाल रावतले भने,´ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिनबाट मुक्त गर्न कर्णालीबासी कहिले हुने हो रु भन्ने प्रश्न गरे। मुलुक संघीयतामा गईसकेपछि पनि कर्णालीका नागरिकहरुको दुःख टर्न नसकेको गुनासो गरे।हरेक राजमार्गमा यात्रा गर्दा यात्रुलाई गन्तव्यमा पुग्नै मुस्किल पर्ने गरेको छ। निश्चितै छैन।त्यस्तै सोमबार बेलुकी र मंगलबार दिउँसो झरेको कर्णाली राजमार्गको कालिकोट-जुम्ला सडक खण्डमा पर्ने खाँडाचक्र र तिलागुफा नगरपालिकाका विभिन्न ३ ठाउँमा झरेको पहिरो हटाइएको कालिकोट प्रहरीले जनाएको छ।

लेदोसहितको पहिरो पन्छाएपछि: खुल्यो कर्णाली राजमार्ग

साना व्यवसायीका लागि राहत: सुर्खेत उद्योग वाणिज्य

लेदोसहितको पहिरो पन्छाएपछि: खुल्यो कर्णाली राजमार्ग

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

Leave a comment

Your email address will not be published. Required fields are marked *