जुम्लामा सुपथ मूल्य पसलबाट ७ सय क्विन्टल चामल बिक्री

गाेल्डेन बुढा

जुम्ला ,२० असोज ।

दसैंको चटारोमा बजारको महँगीले हैरान जुम्लावासीलाई यसपालि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुपथ मूल्य पसलले राहत दिएको छ। गत भदौ ३० गतेदेखि संचालनमा आएको पसलबाट अहिलेसम्म झन्डै ७ सय क्विन्टल चामल बिक्री भइसकेको छ।खाद्य व्यवस्था कार्यालयका सूचना अधिकारी श्रीराम ठाकुरका अनुसार कात्तिक १० गतेसम्म सञ्चालन गरिने भनिएको सुपथ मूल्य पसलमा एक हजार एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य राखिएको थियो। “सिर्जनात्मक योजनाअनुसार सुरु गरिएको यो अभियानले अहिलेसम्म ७ सय क्विन्टल चामल बिक्री गरिसकेको छ,” ठाकुरले बताए।जिल्लाको गुठीचौर, पातारासी, तातोपानी र चन्दननाथ नगरपालिकाका बासिन्दाले सबैभन्दा बढी चामल खरिद गरेको तथ्यांक कार्यालयसँग छ। साथै, सिंजा, कनकासुन्दरी, तिला र हिमा गाउँपालिकाबाट समेत उपभोक्ताहरूले चामल खरिद गरिरहेको जनाइएको छ।

दैनिक अधिकतम ९० क्विन्टलसम्म चामल बिक्री भइरहेको जानकारी दिँदै सूचना अधिकारी ठाकुरले भने, “बजारको तुलनामा सस्तो र गुणस्तरीय चामल पाइने भएकाले उपभोक्ताको आकर्षण बढेको हो।”चन्दननाथ–८ की उमादेवी थापा सुपथ मूल्य पसलबाट चामल किन्न आइपुगेकी थिइन्। उनले भनिन्, “यो चामल मसिनो, स्वादिलो र सस्तो छ। बजारको महँगो चामल छोडेर यतै आउन थालेकी हुँ।” उनले यस्ता सुपथ मूल्य पसल वर्षभरि सञ्चालन भए झनै राहत मिल्ने धारणा राखिन्।यस वर्ष जुम्लाका लागि पाँच हजार क्विन्टल चामलको कोटा तोकिएकोमा हालसम्म २ हजार ५ सय क्विन्टल चामल जुम्ला आइपुगेको र बाँकी चामल आउने क्रममा रहेको कार्यालयले जनाएको छ।“यसपालि तिहार सम्ममा चामल अभाव हुँदैन,” ठाकुरले बताए, “उपभोक्ताले ढुक्क भएर चामल खरिद गर्न सक्नेछन्।”विपद् व्यवस्थापनका लागि ५ सय क्विन्टल चामल छुट्याइएको छ। भने सुपथ मूल्य पसलमा बिक्री भइरहेको चामलमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको छ।

हाल पसलमा बिक्री भइरहेको चामलको मूल्य यसप्रकार छ।अरुवा मोटा चामल (२५ केजी) १,४२५,एफआर अरुवा मोटा १,४२५,अरुवा मध्यम चामल १,५००,एफआर सोना मन्सुली १,५००,स्टिम जिरा मसिनो,२,१२५ र एफआर स्टिम जिरा मसिनो २,१२५ पर्छ।प्रत्येक बोरा २५ किलोको रहेको छ।सुपथ मूल्यमा गुणस्तरीय चामल उपलब्ध गराएर स्थानीय उपभोक्ताको विश्वास जित्दै आएको यो कार्यक्रमले दसैं–तिहारमा मात्र नभई वर्षभरि निरन्तरता पाओस् भन्ने माग उपभोक्ताबाट आउन थालेको छ।

जुम्लामा सुपथ मूल्य पसलबाट ७ सय क्विन्टल चामल बिक्री

सल्यान सल्लिवजारमा युवा सम्मेलन,संयोजकमा: वुढा

जुम्लामा सुपथ मूल्य पसलबाट ७ सय क्विन्टल चामल बिक्री

“आकाश खुला होइन, महँगो जेल : हवाई

Leave a comment

Your email address will not be published. Required fields are marked *