२०८३ श्रावण १० गते
×

Now Playing

भिमकुमारी रायमाझीप्रति अर्घाखाँचीमा श्रद्धाञ्जली सभा

२१, असार २०८२

अर्घाखाँची।नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीका सचिव तेजबहादुर रायमाझी (विधान) की आमा भिमकुमारी रायमाझीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न शनिबार अर्घाखाँचीमा शोकसभा आयोजना गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी र सन्धिखर्क नगर कमिटीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्यले दिवंगत भिमकुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले भिमकुमारी रायमाझीले एक अभिभावककाे नाताले पार्टी निर्माण, संगठन विस्तार र जनसेवामा अतुलनीय योगदान गर्नुभएको स्मरण गर्नु भयाे ।`उहाँले उत्पीडित जनताको सेवामा विभिन्न ढंगले योगदान गर्नुभयो । सिङ्गो अर्घाखाँची जिल्लामा एमालेको आधार बलियो बनाउन उहाँको भूमिका महत्त्वपूर्ण रह्यो´आचार्यले भन्नुभयाे-`उहाँकाे याेगदान अतुलनीय छ । यसको हामी सधैं स्मरण गर्नेछाैं ।´

मुख्यमन्त्री आचार्यले भिमकुमारी रायमाझीलाई असल, इमानदार र समर्पित अभिभावकको रूपमा स्मरण गर्नुभयो । `जन्मसँगै मृत्यु पनि सँगै आउँछ । अल्पायुमा भएको उहाँको निधनले हामी सबै स्तब्ध भएका छौं । हामीले एक सच्चा अभिभावक गुमाएका छौं । पार्टीले एक असल आधार गुमाएको छ,´उहाँले भन्नुभयाे।

६६ वर्षको उमेरमा असार १६ गते उहाँको निधन भएको हो । श्रद्धाञ्जली सभामा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री, जनार्जन खनाल, जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायत नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रम मार्फत सहभागीहरूले दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गर्दै रायमाझी परिवारप्रति गहिरो समवेदना प्रकट गरेका थिए ।

भिमकुमारी रायमाझीप्रति अर्घाखाँचीमा श्रद्धाञ्जली सभा

वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्दै अघि

Leave a comment

Your email address will not be published. Required fields are marked *