विद्यार्थीको आधारभूत भाषिक तथा गणितीय सिप बढाउन पहल

सुर्खेत, २१ बैशाख ।
विद्यार्थीहरु आधारभूत भाषिक तथा गणितीय सिपमा अब्बल बन्नुपर्ने हो । आधारभूत भाषिक तथा गणितीय सिप विद्यार्थीको शैक्षिक यात्रामा महत्वपूर्ण प्रभाव पार्छ । नेपालको हालको पाठ्क्रम र पाठ्यपुस्तकहरुका आधारमा सबै विद्यार्थीहरुले कक्षा–३ सम्मको अन्त्यसम्ममा आधारभूत साझारता तथा गणितीय सिप हासिल गरिसक्नुपर्ने अपेक्षा पनि गरिएको छ ।
प्रारम्भिक कक्षा (कक्षा–१ देखि ३) को पाठ्यक्र हेर्ने हो भने, भाषिक तथा गणितीय सिप सिकाइ तथा विभिन्न विषयगत विषयवस्तुहरू सिकाइका लागि विभिन्न विषय तथा क्षेत्रगत विषयवस्तुहरू एकीकृत ढाँचासहितको सिकाइसँग जोडिएको छ । तर, विभिन्न सिकाइ परीक्षण तथामूल्याङ्कनका प्रतिवेदनहरू अनुसार, अधिकांश विद्यार्थीहरूले पाठ्यक्रममानिर्धारण गरिएको सिकाइ उपलब्धि हासिल गर्न सकिरहेका छैनन् ।
आधारभूत भाषिक तथा गणितीय सिप राम्रोसँग सिकेका विद्यार्थीहरूलाई सिकाइमा सहजता हुन्छ, तर यी आधारभूत सीपहरू राम्रोसँग सिक्न नसक्दा विद्यार्थीहरूले समग्र सिकाइ प्रक्रियामा विभिन्न चुनौतीहरू सामना गर्नुपरेको छ । यसले ती सिक्न नसकेका विद्यार्थीहरूलाई मात्र नभएर सम्पूर्ण कक्षालाईनै प्रभावित गरिरहेको हुन्छ । राष्ट्रिय स्तरमा गरिने सिकाइ मूल्याङ्कनका प्रतिवेदनहरू हेर्ने हो भनेपनि आधारभूत भाषिक तथा गणितीय सिप सिकाइको अवस्था कमजोर रहेको वा सिकाइ उपलब्धिहरू हासिल गर्न नसकेको अवस्था छ ।
यसको कमीले विद्यार्थीको शैक्षिक गतिविधिमा सक्रिय सहभागिता, प्रस्तुती, रचनात्मक अभिव्यक्तिमा संलग्नता, विद्यार्थीको आत्मविश्वास र सिक्ने उत्पेरणामा लगाएतका कुरामा नकारात्मक असर पु¥याउछ । तर, विद्यार्थीमा यहिँ सिप सिकाई कमजोर छ । कक्षा-३ को विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०२० को प्रतिवेदन अनुसार ८ दशमलव ४१ प्रतिशत विद्यार्थीहरुले मात्र हासिल गर्नुपर्ने तह वा कक्षा अनुरुपको सिकाई दक्षता हासिल गरेका छन् । १० प्रतिशत विद्यार्थीहरुले एउटा शव्दपनि शुद्धसँग पढ्न नसकेको प्रतिवेदनले देखाउछ ।
कक्षा–८ नासा प्रतिवेदन २०२० अनुसार गणितमा ३२ दशमलव एक, विज्ञानमा ३७ दशमलव सात, नेपालीमा ५८ दशमलव आठ र अंग्रेजीमा ५१ दशमलव ५ प्रतिशत विद्यार्थीले आधारभूत दक्षतास्तर पार गरेको छन् । विभिन्न सिकाई परीक्षण मूल्याङ्कनले अधिकांस विद्यार्थीहरुले पाठ्यक्रममा निर्धारण गरिएको सिकाई उपलब्धी हासिल गर्न नसकेका जनाएका छन् । अधिकांश विद्यार्थीको सिकाई उपलब्धी कमजोर छ । सिमित विद्यार्थीहरुले मात्रै सिकाई दक्षता हाँसिल गरेका छन् । विद्यार्थीहरुले आधारभुत सिकाईमा ध्यान पु¥याउन नसक्दा सिकाईस्तर सुधार गर्न कठिनाई छ । यसले विद्यालय छोड्ने दर बढाएको छ ।
विद्यार्थीको आधारभूत भाषिक तथा गणितीय सिप बढाउन काम गर्न थालिएको छ । कर्णालीमा भाषिक तथा गणितीय सम्मेलन पनि गरिएको छ । विद्यार्थीको आधारभूत भाषिक तथा गणितीय सिप सिकाईको अवस्था कमजोर रहेको अवस्थामा कर्णालीमा सम्मेलनको आयोजना गरिएको हो । पहिलो पटक गरिएको सम्मेलनले प्रदेश तथा स्थानीय सरकार तथा सरोकारवालाहरूलाई स्रोत साधन परिचालन र आधारभूत भाषिक तथा गणितीय सिपसम्बन्धी क्रियाकलापहरूको प्राथमिकीकरण तथा विस्तारबारे उत्प्रेरित गर्दै पैरवी गर्ने जनाइएको छ ।
विद्यार्थीको आधारभूत भाषिक तथा गणितीय सिप सिकाईस्तर कमजोर रहेको तथ्यलाई आधारमान्दै कर्णालीमा आधारभूत भाषिक तथा गणितीय सिपसम्बन्धी सम्मेलन आयोजना गरिएको हो । आधारभूत भाषिक तथा गणितिय सिपको महत्व तथा सिकाई परीक्षणका नजिताबारे छलफल र जानकारी गराउने, सिप सुधार केन्द्रित गरिएका असल अभ्यासबारे प्रस्तुती गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
स्ट्रिट चाइल्ड अफ नेपाल, आस्मान नेपालको सहयोगमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सम्मेलनको आयोजना गरिएको सम्मेलनले सिकाइ स्तरमा आधारित शिक्षण पद्धति (ट्राल) रणनीति, कार्यान्वयन प्रक्रिया, अनुकूलन तथा अपनाईएका विधिहरुबारे जानकारी दिन र प्रदेश तथा स्थानीय सरकार तथा सरोकारवालाहरूलाई स्रोत साधन परिचालन र आधारभूत भाषिक तथा गणितीय सिपसम्बन्धी क्रियाकलापहरूको प्राथमिकीकरण तथा विस्तार बारे उत्प्रेरित गर्दै पैरवी गर्ने उदेश्य राखेको आयोजकले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयको शैक्षिक विकास महाशाखाका प्रमुख सुवर्णकुमार खड्काले विद्यार्थीहरुमा आधारभूत भाषिक तथा गणितीय सिप कमजोर रहेको बताए । परम्परागत शिक्षक सिकाई पद्धति नै यसको प्रमुख चुनौती रहेको उनको भनाई छ । ‘सिकाईस्तर सुधार गर्न विद्यार्थी केन्द्रित शिक्षण सिकाई विधि अबको आवश्यकता हो,’ उनले भने ।

विद्यालय तहबाट विद्यार्थीको सिकाईस्तर सुधार गर्ने योजना भन्दा पनि फिल्ड, भवन निर्माण, मर्मत, घेरबार जस्ता योजनालाई उच्च प्राथमिकता दिई माग भई आउने गरेको छ ।’ विद्यालय तहबाटै विद्यार्थीको सिकाई सुधारका लागि सोच्नुपर्ने खड्का बताउँछन् । पुरानै पाठ्यक्रम, प्रविधिसँग जोड्ने खालका सिकाई सामग्री नहुनु, शिक्षक दरबन्दी मिलान नहुनु र शिक्षकको क्षमता विकास गर्ने शैली नै परम्परागत हुँदा विद्यार्थीको सिकाई कमजोर बन्न पुगेको गाउँपालिका महासंघ कर्णालीका अध्यक्ष निमबहादुर केसीले बताए । अहिलेको बदलिदो प्रविधिको युगलाई सुहाउँदो शिक्षणसिकाई पद्धति अपनाउनुपर्ने केसीको भनाई छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले शिक्षामा लगानी, सिकाई पद्धतिहरुको प्रभावकारी कार्यान्वयनको चरणलाई बलियो बनाउन सके विद्यार्थीको सिकाईस्तर सुधार हुने बताए । गुर्भाकोट नगरपालिकाकी उपप्रमुम मैना विकले विद्यार्थीको सिकाईस्तर कमजोर हुनुमा शिक्षकको कमजोरी रहेको बताइन् । ‘अभिभावकदेखि नीति निर्माण तहले यस विषयमा गम्भिर रुपमा सोच्नुपर्ने हुन्छ, सबै विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पनि समस्या छ,’ उपप्रमुख विकले भनिन् ।
विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत बनेको सिकाइ आपूरण तथा दु्रत सिकाइ योजना कार्यान्वयनमा सहयोग पुरयाउने उदेश्यले परियोजना अन्र्तगत सिकाइस्तर अनुसार शिक्षण पद्धति कार्यान्वयन गर्दै कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुको आधारभूत भाषिक तथा गणितीय सीप सुधारको लक्ष्यसहित सिकाई आपूरणका क्रियाकलाप सञ्चालन भएको स्ट्रिट चाइल्ड अफ नेपालका कन्ट्री डाइरेक्टर क्षितिज बस्नेतले जानकारी दिए । यी प्रयासहरूमार्फत परियोजनाले गुणस्तरीय र पहुँचयुक्त शिक्षालाई प्रवद्र्धन गर्दै दीर्घकालीन, प्रणालीगत परिवर्तनमा मद्दत पुर्याउने लक्ष्य लिएको छ ।
परियोजनाले कर्णाली र मधेश प्रदेशका ६ सय सामुदायिक विद्यालयका ३६ हजार भन्दा बढी बालबालिकाहरूलाई सहयोग प्रदान गर्दै आएको छ । १ हजार ८ सय शिक्षकहरूको क्षमता विकासमा मद्दत पु¥याउने कन्ट्री डाइरेक्टर बस्नेत बताउछन् । आधारभूत सिकाइ सुधार वा आपूरण गर्न विधार्थी केन्द्रित सिकाइ पद्दति कार्यन्वयन गर्ने, विद्यालयका शिक्षकहरूको क्षमता विकासगर्दै विद्यार्थीको सिकाइमा मद्दत पु¥याउने तथा दीर्घकालीन गुणस्तरीय सिकाइको लागि तथ्यमा आधारित पैरवी गर्ने परियोजनाको प्रमुख उद्देश्य रहेको उनले बताए ।
शिक्षाका अवस्था हेर्दा दयनिय र दर्दनाक रहेको भन्दै सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले यस्तै कार्यक्रम मार्फत काम गर्न जरुरी रहेको बताए । प्रदेश सरकारले शिक्ष्ाँ क्षेत्रलाई बलियो बनाउ“नको लागि विभीन्न कार्यक्रमहरु गरिरहेको उनले बताए । यसै अनुरुप सरकारले कर्णालीका धार्मिक विद्यालयको अध्ययन गरेको जानकारी दिए ।






