महिला उद्यमीलाई पुरुस्कृत गर्ने

सुर्खेत । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले महिला उद्यमीलाई पुरुस्कृत गर्ने भएको छ । मन्त्रालयले सोमबार एउटा सूचना जारी गरेर महिला उद्यमीलाई पुरुस्कृत गर्ने जनाएको हो ।

मन्त्रालयको आव २०८१÷०८२को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रत्येक जिल्लाबाट एक÷एक जना महिला उद्यमीलाइ पुरुस्कार प्रदान गर्ने कार्यक्रम रहेको वरिष्ठ महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् ।

पुरुस्कारका लागि महिला उद्यमी पुरुस्कार वितरण कार्यविधि २०८१को दफा ३ को उपदफा १ बमोजिम इच्छुक योग्य महिला उद्यमीले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र मन्त्रालयमा अनुसुची १ बमोजिमको ढाँचामा अनुसुचीमा उल्लेख गरिएका कागजात सहित आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।

 

कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक

महिला उद्यमीलाई पुरुस्कृत गर्ने

YUGAAWHAN NATIONAL DAILY (2081-10-23)