तत्कालीन कृषि खाद्य सहायकमन्त्री अदनसिंह कठायतकाे सालिक निर्माण

गाेल्डेन बुढा

जुम्ला,१८ भदौ।
पूर्व मन्त्री अदनसिंह कठायतको सम्झनामा उनको घर-परिवारले एक सालिक निर्माण गरेका छन्। स्व. मन्त्रीको दीर्घकालीन राजनीतिक योगदान र सामाजिक सेवाप्रति सम्मान प्रकट गर्नका लागि उक्त शालिक निर्माण गरिएको हो। कर्णालीकै पहिलो जुम्लाको चन्दननाथ नमुना माध्यमिक विद्यालयकाे गेटमा अदनसिंह कठायतकाे सालिक राखिएको छ।सालिकको अनावरण विद्यालयको ६३ औँ अवसरमा गरिएको थियो।बुबा कालुसिंह कठायत र आमा मोतिपुरा कठायतको कोखबाट वि.स. १९८१ असार १३ गते उनको जन्म भएको थियोे।उनकै भाई तिलकसिंह कठायतल र छोरा एंव चन्दननाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतले सालिक अनावरण गरेका थिए।

यता मेयर राजुसिंह कठायतले भने, “हामीले बाबुको सम्झनामा यो सालिक निर्माण गरेका हौं, ताकि उनको योगदान भावी पुस्ताले पनि सम्झिरहन सकोस्।” भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ।”हामीले २ लाख ५० हजार बढी लगानीमा कालिगढद्वारा सालिक बनाइएको हो। अनावरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी, अभिभावक, राजनीतिक दलका प्रतिनिधि तथा कठायत परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।अधिकांश बाेल्ने वक्ताहरूले पूर्व मन्त्रीको कार्यकालमा पुर्‍याइएको योगदान, जनताप्रतिको प्रतिबद्धता र जिल्लाप्रेमकाे उच्च प्रशंसा गरे।पूर्व मन्त्रीले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासमा उल्लेखनीय योगदान गरेका थिए।यता चन्दननाथ माविका प्रध्यानाध्यापक टंकबहादुर महतले भने,”हाम्रो विद्यालयमा उनको सालिक स्थापना गर्नु गर्वको कुरा हो।

उनले यस क्षेत्रका लागि पुर्‍याएको योगदान अविस्मरणीय छ। यो सालिक भविष्यका पुस्तालाई राष्ट्रसेवामा प्रेरित गर्नेछ।”प्रअ महतका अनुसार केही दिन अगाडि विद्यालय व्यवस्थापन समितिले विद्यालय परिसरमा अदनसिंह कठायतकाे सालिक स्थापना गर्न अनुमति दिने निर्णय गरेको थियोे। यो कार्यलाई जनस्तरबाट प्रशंसा मिलिरहेको छ।यस्ता सालिकहरूले इतिहासलाई सम्झन र राष्ट्रसेवकप्रति कृतज्ञता प्रकट गर्न मद्दत पुर्‍याउँछन्।जुम्ला एयरपोर्ट र मिडल स्कुल र हाईस्कुल र हालैको नमुना मावि विद्यालय स्थापना गर्न नि:शुल्क जग्गा दान गरेका थिए।उनका जुठो सुपुत्र कर्णसिंह कठायत भन्छन् बुबा एकदम दानी हुनुहुन्थ्यो।समाजको याेगदानका लागि दृढता देखाउँथे।यस्तै अदनसिंह कठायतले मानपदवी तथा पुरस्कार राजा विरेन्द्रबाट राज्याराेहण,शुभाराज्याभिषेक पदक र जनमत पदक प्राप्त गरेका थिए।२०५८ सालमा राजा ज्ञानेन्द्रबाट विरेन्द्र -ऐश्वर्य सेवा पदकबाट विभुषित हुनुभएको थियो। यस्तै कठायतद्वारा लिखित २०६७ सालमा पुस्तक“मेरो जीवन यात्रा र सेरोफेरो ´´लेख्नुभएको थियोे।२०३० सालमा कृषि खाद्य,पुनर्वास र सिचाइ सहायकमन्त्री,२०३७ सालमा राप्ती अञ्चल अञ्चलााधीश नियुक्त, २०४९ सालमा विरेन्द्र सरकारबाट सम्माननीय राज परिषद् सदस्य नियुक्त,२०१९ देङ २०२० मा संवत्-स्फुर्त स्थानीय जनश्रमदानकाे अगुवाइ गर्दै जुम्लादेखि बझाङे नेटासम्मकाे मुल बाटो सुधार र बिस्तार गरे,२०२० सालमा जुम्ला अस्पताल बनाउन जग्गा दान र २०१६ सालमा जुम्ला एयरपोर्ट बनाउन ६०(साठी)मुरी जग्गा दान गरे।२०१९ देखि ३१ सालमा राष्ट्रिय पञ्चायतकाे मनाेनित सदस्य बने।२०१५ सालमा राजा महेन्द्रबाट केन्द्रीय सल्लाहकार सदस्यमा मनाेनित, यस्तै २०१४ सालमा अस्थायी रहेको चन्दननाथ मावि २०२० सालमा स्थायी बनाए।यस्तै जुम्लाको क्याम्पस स्थापना र सिंजाकाे भैरव मावि नराकाेट स्वीकृतिका गर्नका लागि उनको उतिकै याेग्दान रहेको छ।खासगरी २०१८ देखि २०२४ सालसम्ममा तत्कालीन गाउँ पञ्चायतमा प्राथमिक विद्यालय भवन निर्माण र सञ्चालन,पञ्चायत भवन,घाेरेटा बाटा,धर्मशाला,कुला,काठेपुल,मठमन्दिर आदि निर्माण गर्ने कार्यमा उल्लेखनिय सहयोग भएको पाइन्छ।उनको मृत्यु २०७२ साल असार १० गते जुम्लामा भएको थियोे।

तत्कालीन कृषि खाद्य सहायकमन्त्री अदनसिंह कठायतकाे सालिक निर्माण

संघ संस्था ऐन–२०८२ को मस्यौदा सच्याउन कपिलवस्तुमा

तत्कालीन कृषि खाद्य सहायकमन्त्री अदनसिंह कठायतकाे सालिक निर्माण

साटो ब्राण्डका खानेपानी स्वच्छता तथा सरसफाइका सामग्री

Leave a comment

Your email address will not be published. Required fields are marked *