जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि

जुम्ला, १७ कार्तिक । 
चन्दननाथ नगरपालिकाको आयोजनामा सम्पन्न  जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी हुने जनसेवा युवा क्लबलाई रु एक लाखसहित उपाधि प्रदान गरिएको छ । जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न सो प्रतियोगितामा आयोजक टोली चन्दननाथ–३ भने दोस्रो भई रु ५० हजार जित्न सफल भएको छ ।
जिल्लाका ४४ टिमले भाग लिएको सो खुला फुटबल प्रतियोगितामा पहिलो हुने जनसेवा युवा क्लबले आयोजक टोलीलाई टाइब्रेकरमार्फत एक गोलले पछि पारेको थियो । कार्यक्रम समापनपछि चन्दननाथ–३ का वडाध्यक्ष रतन खत्रीले खेलकुदमार्फत युवासहित समग्र खेलप्रेमीबीच आपसी सम्बन्ध विस्तार, सद्भाव र एकताको वातावरण सिर्जना गर्न जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यसैगरी नगरप्रमुख राजुसिंह कठायतले युवाहरूको भावना र चाहनाबमोजिम खेल क्षेत्रको विकास एवं विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लास्तरीय प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिए ।
जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि

तीन रोगसँग लडिरहेका बालकलाई उपचार गर्न आर्थिक

जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि

दुर्गम जिल्लामा पहिलोपटक ‘सिजेरियन’को सफल शल्यक्रिया

Leave a comment

Your email address will not be published. Required fields are marked *