कर्णालीमा झन्डै ५४ प्रतिशत रोपाइँ सकियो

गाेल्डेन बुढा

जुम्ला,१८ असार।

कर्णाली प्रदेशमा ५४ प्रतिशत बढी धान राेपिएकाे छ।अहिलेसम्म कर्णाली १० जिल्लाको तथ्यांक हेर्दा ५४ प्रतिशत बढी धान राेपिएकाे देखिन्छ। कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले सुसूचित गरेको तथ्यांकले यस्तो देखाएको हो।केही जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको निर्देशनालयले जनाएको छ।यस्तै जुम्ला ९२ प्रतिशत धान रोपाइँ गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामअधिकारीले बताए।उनलेे भने,२ हजार ८ सय ९० क्षेत्रफल हेक्टर खेतियोग्य जमिन मध्ये २ हजार ६ सय ५८.८ क्षेत्रफल हेक्टरमा धान राेपिएकाे छ।स्थानीय जुम्ली मार्सी धान, चन्दननाथ -१ र चन्दननाथ-३ जातकाे धान राेपिन्छ।यस्तै कालिकोटमा ५२ प्रतिशत राेपाइ गरिएको छ।

दुई हजार ४ सय ६२ क्षेत्रफल हेक्टर मध्ये १ हजार २ सय ८०.२५ क्षेत्रफल हेक्टर राेपिएकाे छ।बागवानी विकास अधिकृत तथा सूचना अधिकारी टेक राज रेग्मीका अनुसार मुगुमा ५७ प्रतिशत राेपाई सकिएको छ। ५ सय ४४ क्षेत्रफल हेक्टर मध्येको ३ सय १०.०८ क्षेत्रफल हेक्टर राेपाई गरिएको छ।हुम्लाको पाँच सय ८५ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिन मध्ये ५ सय ३८.२ क्षेत्रफल हेक्टर राेपिएकाे छ। अर्थात ९२ प्रतिशत हो। यता डाेल्पामा भने ९५ प्रतिशत राेपाई सकिएको छ।१ सय ९८ क्षेत्रफल हेक्टर मध्ये १ सय ८८ .१ हेक्टर राेपिएकाे तथ्यांकले देखाएको छ।

सूचना अधिकारी रेग्मीका अनुसार सल्यानमा भने,७८ प्रतिशत धान राेपाई सकिएको छ।सल्यानमा ६ हजार १ सय ३४ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिनमा ४ हजार ७ सय ८४.५२ हेक्टर क्षेत्रफल धान राेपिएकाे हो। दैलेखको ७ हजार ६ सय २० क्षेत्रफल हेक्टर तीन हजार दुई सय दशमलव ४ क्षेत्रफल हेक्टर धान राेपिएकाे छ।४२ प्रतिशत धान राेपिएकाे छ। यता जाजरकोट २ हजार ६ सय ४५ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिन मध्ये १ हजार ४ सय १ दशमलव ८५ क्षेत्रफल हेक्टर अर्थात ५३ प्रतिशत धान राेपिएकाे छ। रुकुमपश्चिममा भने,७० प्रतिशत धान राेपाई गरिएको छ।दुई हजार ८ सय ८५ क्षेत्रफल हेक्टर खेतीयोग्य मध्येमा दुई हजार १९ दशमलव ५ क्षेत्रफल हेक्टर राेपिएकाे छ। यस्तै सुर्खेतमा ३९ प्रतिशत धान राेपाइ सकिएको छ।१४ हजार ९ सय २१ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिन मध्ये ५ हजार ८ सय ८५ क्षेत्रफल हेक्टर धान राेपिएकाे कृषि विकास निर्देशनालयले जनाएको छ।बागवानी विकास अधिकृत तथा सूचना अधिकारी टेक राज रेग्मीले कर्णाली प्रदेशमा कुल ४० हजार ८ सय ८४ क्षेत्रफल हेक्टर खेतीयोग्य जमिनमध्ये २२ हजार २ सय ६७ क्षेत्रफल हेक्टरमा धान खेती गरिँदै आएको बताए। अर्थात ५४ प्रतिशत रोपाइँ सकिएको छ।

यो जिल्लाको धेरै जसो भू—भाग आकाशे पानीमा निर्भर छ ।तथ्याङ्क हेर्दा कर्णालीका विभिन्न जिल्लामा मनसुनको प्रभाव, सिँचाइको उपलब्धता र किसानको सक्रियतामा रहेको भिन्नतालाई उजागर गरेको छ । हिमाली जिल्लाहरूमा रोपाई छिटो सकिने प्रवृत्ति देखिए पनि पहाडी र उपत्यकाका जिल्लाहरूमा भने प्रगति सुस्त रहेको छ।

कर्णालीमा झन्डै ५४ प्रतिशत रोपाइँ सकियो

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!