महिनावारी भएर त्रिपालमा वसेकी युवती र बालिकाको मृत्यु 

अछाम , १६ भदौ। 
अछाममा महिनावारी भएर त्रिपालमुनि बसिरहेका एक युवती र एक बालिकाको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–८ बारलाकी मा माथिबाट खसेको ढुङ्गाले २८ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की ७ वर्षीया कविता भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक ( डिएसपी) ओम प्रकाश खनालले जानकारी दिए  । त्रिपालमुनि वसेकी छाउपडीको त्रिपाल माथिबाट ढुङ्गा लागेर मृत्यु भएको हो,उनले ।
सोही घटनामा  घटनामा मङ्गलसेन नगरपालिका–६ की रत्नकला भण्डारी गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ भने  उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमै त्रिपाल टाँगेर सुतिरहेका तीन जनालाई अचानक त्रिपाल माथिबाट खसेको ढुङ्गाले च्यापेको वडानं –८ का वडाअध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए । उनले भने, घाईतेलाई उपचारको लागि नेपालगञ्ज लैजाने तयारी भईरहेको छ ।
पछिल्ला वर्षहरूमा स्थानीय प्रशासन र विभिन्न संघसंस्थाले छाउगोठ भत्काउने अभियान चलाए पनि पुरानो संस्कार र कुरीतिका कारण महिनावारी भएका महिलाहरू अझै पनि त्रिपाल मुनि वा ओडारमा बस्न बाध्य छन भने जोखिम पनि उत्तिकै छ । महिनावारीका समयमा महिलाले घरभित्र नबस्ने, खाना पकाउन नपाउने र गाईबस्तु नछुने प्रथालाई त्यहाँ ’छाउपडी बार्ने’ भनिन्छ । अधिकाँश महिलाहरु छाउ नबारे देवीदेवता रिसाएर विरामी बनाई दिने भएकोले बार्नु पर्ने रहर नभएर बाध्यता भएको त्यहाँका महिलाको भनाई छ ।
महिनावारी भएर त्रिपालमा वसेकी युवती र बालिकाको मृत्यु 

पहिरोले पुरिएर एक जनाको मृत्यु

महिनावारी भएर त्रिपालमा वसेकी युवती र बालिकाको मृत्यु 

‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’

Leave a comment

Your email address will not be published. Required fields are marked *