विदेशबाट फर्किएर तरकारी मै कमाउँछन् बार्षिक १५ लाख गोविन्द

वैदेशिक रोजगारीका क्रममा मलेसियामा ४ बर्ष बिताएपछि गाउँ फर्किएका सुर्खेत गुर्भाकोट नगरपालिका–१३ गुमीका गोविन्द वलीलाई फेरी विदेश जान मन लागेन । आफ्नै गाउँघरमा केहि गरेर भएपनि बसौँ भन्ने भयो । घरको आर्थिक अवस्था, प्रसस्त जग्गा, जमिन नभएकाले उनी वैदेशिक रोजगारीमा जान बाध्य भएका थिए ।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा पुगेका वली । त्यहाँ उनको कमाई राम्रै भयो । कम जग्गा, जमिन भएपनि समयमै थप जग्गा, जमिन जोड्न सफल भएका थिए । उनको परिवार ठुलो छ । गोविन्द वली मात्र होईन् उनका दाजु पनि वैदेशिक रोजगारीका क्रममा मलेसियामा पाँच बर्ष बिताएका थिए । वलीका बुवाआमाले पहिले देखि नै घरमा भैँसि पाल्ने गर्थे ।

गोविन्द विदेशबाट फर्किएर भैसीँ थपेर भैँसी पालन गर्ने सोच बनाए । उनका बुवाआमाले पहिलेनै दुईओटा भैँसी पालिरहेका थिए । उनी आएपछि एक भैँसी थप गरे र भैँसीपालनलाई निरन्तरता दिन थाले । भैँसीले राम्रै दुध त दियो तर समयमा पैसा भने आएन् । गाउँघरमै व्यक्तिले खरिद गर्ने भएपछि समयमा पैसा नै नआएको उनले बताए ।

त्यसपछि उनले तरकारी खेती गर्ने सोच बनाए । तरकारी खेतीबाट भने उनले सोचेको भन्दा बढीनै उनलाई सन्तृष्ट मिल्यो । तरकारी खेती उनको राम्रो आम्दानीको स्रोत बन्न पुग्यो । उनको संयुक्त परिवार भएकाले तरकारी खेती गर्न पनि सहज भयो । उनले भने, ‘हाम्रो परिवार ठुलो छ । सात जना त तरकारी मै काम गछौँ । चार जना निरन्तर लाग्नुपर्छ । म यताउता काममा खटिएको हुन्छु । कति ठाउँमा तरकारी पु¥याउनुपर्ने हुन्छ । त्यस्मै व्यस्त हुन्छु । बुवाले भैँसी हेर्ने गर्नुहुन्छ । परिवार ठुलो भएका कारण पनि कामदार राख्नु पर्ने भएको छैन् । परिवारले नै गरिरहेका छौँ ।’

तरकारी खेती राम्रो भएपछि तरकारीका लागि गोविन्दलाई मलको पनि आवश्यक पर्न थाल्यो । फेरी भैँसी बढाए । उनले भैँसी बढाएर विभिन्न अहिले उनको बारीमा मौसमी र बेमौसमी तरकारी फलिरहेका छन् । मलको अभाव अझै पनि छ गोविन्दलाई । घरमा पालेको गाईभैँसीको मल अपुग हुँदा उनले ब्रोईलर कुखुराको मलसमेत लिने गरेको बताए ।

तरकारी खेती गर्नलाई मलको आवश्यक पर्ने भएकाले पनि घरमै मल उत्पादनको लागि भैँसीपालन व्यवसाय गरेको उनको भनाई छ । विदेशमा गएर त्यँहाको काम पनि सिकेर आफ्नै गाउँघरमा लागु गरेको उनको भनाई छ । उनले भने, ‘पहिले तरकारी गर्नलाई जग्गा, जमिन थिइन् । अहिले त धेरै जोडिसकेका छौँ ।’ ३ बिगा जग्गामा घाँस लाउने र विउ उत्पादन गर्ने गरेको उनले जानकारी दिए ।
कृषि व्यवसायबाट मनग्य आम्दानी
घर फर्केर आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने उनको जीवनमा हरियाली छाउन थालेको वलीले बताउँछन् । अहिले जीवनको उत्तरार्धमा व्यवसायिक तरकारी खेतीले प्रशस्त आम्दानी भइरहेको उनले बताए ।

तरकारीबाट मनग्य आम्दानी हुने गरेको उनले जानकारी दिए । एक सिजनमा ६÷७ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । एक सिजन ४ महिना जति हुन्छ । जसको बार्षिक आम्दानी १५ लाख रुपैयाँ सम्म हेने गरेको उनले जानकारी दिए ।

कृषि विकास निर्देशनालयको ५० प्रतिशत लगानी र आफ्नो ५० प्रतिशत लगानी रहेको उनले बताए । निर्देशनालयको सहयोगले गर्दा पनि तरकारी खेतीमा सहयोग मिलेको उनले बताए । कृषि विकास निर्देशनालयबाट पानी सिँचाईको लागि मोटर, पाईप, तरकारीको लागि टनेल, खेत जोत्नका लागि मिनि टेलर अनुदान पाएको उनले बताए ।

सहकारीबाट केहि सहुलितमा ऋण लिएको र गुर्भाकोट नगरपालिकाले तरकारीको विउ, विजन दिएर सहयोग गर्ने गरेको उनले बताए । वलीले होम डेलिभरी पनि गर्छन् । कृषि गर्दा आफु निकै खुसी भएको र आफ्ना आवश्यकता पनि पुरा भएको उनले जानकारी दिए । तरकारी घरमै लिन आउनेलाई होलसेल रेटमा दिने गरेको र होमडेलिभरी गर्दा ५÷१० रुपैयाँ बढिमा दिने गरेको उनले बताए ।
दुधबाट महिनामा ६५ हजार
कुनैबेला स्वदेशमा केही हुँदैन भनेर विदेश जाने सोच बनाएका वलीले अहिले २ वटा गाइ र ५ वटा भैँसीपालन गरेका छन् । उनले पाँच लाख रुपैयाँ लगानी गरी भैँसीपालन शुरु गरेका हुन् । उनले दैनिक ३५ लिटर दुध बेच्छन्, मासिक ६५ हजार आम्दानी हुने गरेको वलीले बताउँछन् । उनी भन्छन्, ‘भैँसीले सधैँ एकैनासको दुध त दिदैन । तर महिनामा ५० हजारदेखि ६५ हजार रुपैयाँसम्म हुने गरेको छ ।’

पहिले पनि उनले भैँसीपालन गर्ने भए पनि त्यो निर्वाहमुखी मात्रै थियो । अहिले तरकारीमा आफैले उत्पादन गरेको मल तरकारीमा प्रयोग गर्नको लागि पनि उनले भैँसीको संख्या बढाएर भैँसीबाट पनि घरै बसेर राम्रो आम्दानी गर्न थालेको उनले बताए । सरकारले कृषि, साना तथा मझौला उद्योगमा निश्चित प्रतिशत कर्जा दिने व्यवस्था गरेको छ ।

व्यवसायिक र उद्यमी कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदा प्रदेशमा कृषि उत्पादन बढाउने, कृषि उद्यमी व्यवसायबाट पलायन हुने अवस्थाको अन्त्य हुने र युवाले कृषि पेशाप्रति रुचि बढाउने प्रदेश सरकारको लक्ष्य पनि छ ।

पानीको समस्या
समयमा पानी आकाशबाट पर्दैन । जसले गर्दा पनि कृषि गर्ने कृषकहरु मर्कामा पर्ने गरेका छन् । कृषकलाई समस्या भनेकै पानीको छ । खेतीलाई आवश्यक पर्दा पानी नै पर्दैन । यो समस्या कृषक गोविन्द वलीलाई पनि छ । उनले रातको समयमा तरकारीमा सिँचाई गर्ने गरेको बताए । भोल्टेज कमका कारण मोटर नचल्ने गरेको उनको दुखेसो छ ।

रात, दिन खटिनु पर्ने त हुन्छ । मोटर नचल्दा तनाव पनि उत्तिकै । राती ११ वजेदेखि विहान ४ वजे सम्म पनि पानी चार्ने गरेको उनले बताए । कृषि विकास निर्देशनालयलाई सोलारको व्यवस्था भएपनि मिलाईदिन आग्रह गरे ।

विदेशबाट फर्किएर तरकारी मै कमाउँछन् बार्षिक १५ लाख गोविन्द

YUGAAWHAN NATIONAL DAILY (2081-01-16)

विदेशबाट फर्किएर तरकारी मै कमाउँछन् बार्षिक १५ लाख गोविन्द

नेकपा एमाले जुम्लाको नवौँ जिल्ला अधिवेशन