किसानलाई उन्नत जातको घाँस दिदै ःजुम्लामा पशु कार्यालय

पशु सेवा कार्यालय जुम्लाले किसानहरुलाई उन्नत घाँस पाउने भएका छन्। जुम्लामा घाँस अभावले पशुचौपाया पालन गर्न कठिनाइ भएपछि पशु अस्पताल तथा पशु सेवा कार्यालयले जुम्लाका किसानहरुलाई उन्नत घाँस उपलब्ध गराउन लागेको हो ।
पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार जसका लागि विभिन्न उन्त जातका घाँसका बिउहरुको नुमना परीक्षण भइरहेको छ । बुढ्थापाले पशुपालनको मुख्य चुनौती घाँसको अभाव भएको बताउँछन् । उनले भने, ‘बढ्दै गएको जनसंख्याका कारणले चरिणचरणका क्षेत्रहरु अतिक्रमण हुँदै छन् ।
घाँस उत्पादन हुने क्षेत्रहरु नै नभएपनि घाँस अभाव भएको देखिन्छ । घाँसको अभाव हुन नदिन घरबारी र खेतबारीमै लगाउन मिल्ने उन्नत घाँसका जातहरु किसानलाई उपलब्ध गराउने योजना बनाएको छ,’ उनले भने । टेलफस्क्यू,कक्सफुड,चाइनिज राइ र लुसुन जातको घाँसको बिउ किसानले लिइसकेका छन् ।
विगत तीन वर्ष पहिलेदेखि नमुना परीक्षण गरेर यो जुम्लाका दर्जन किसानलाई घाँसको बिउ दिइएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो केही समय यता रेडप्लोभर,नेपियर,जइ लगायतका विभिन्न जातका डालेघाँसहरुको परीक्षण भइरहेको बुढ्थापाले नागरिक संग बताए । अघिल्लो बर्ष जइ नामको घाँस ११ क्विन्टल किसानलाई उपलब्ध गरिएको थियो ।’ जुम्लामा हिउँदका १२ महिना हरियो घाँस पाइदैन ।
त्यसका लागि सुकेको संकलित घाँस संरक्षण गर्ने विधि सिकाइरहेका छौं,’ प्रमुख ज्ञानेन्द्रसिंहले भने, ‘घाँस संकलन गर्ने परम्परागत विधि परिवर्तन गर्दैंछौं । यो अपरिहार्य छ । किसानलाई टौवा सिस्टममा घाँस संकलन गर्न आग्रह गरिएको छ । पशुलाई घाँस खुवाउने विधि र उन्नतजातको बिउहरु दिइरहेको अवस्था छ ।’ घाँस काट्ने समयका बारेमा किसानलाई सुझाव दिइरहेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । घाँस काट्नुपर्ने भदौ अन्तिमसम्म हो ।’
यो अवस्थामा घाँस फुलेर फल लागिसकेको हुँदैन,’ उनले भने, ‘असोज कात्तिकमा घाँस काट्ने भएकोले सुकिसकेको घाँसमा पशुलाई चाहिने प्रोटिन नष्ट हुने गर्दछ ।’ तीब्र जनसंख्या बृद्धिका कारण चरिचरण क्षेत्र अतिक्रमण भएकोले पशु पालनमा संकट हुदै आएको सिंजा –५ का किसान सोभखर बुढाले बताए ।
उनका अनुसार पहिले एउटै घरमा न्युनतम एक सय एक हजारसम्म भेडाहरु पालिएका हुन्थे । १० देखि २० गाइगोरुहरु पालिरहेका हुन्थे । बाख्राहरु, घोडा, खच्चरहरु समेत प्राय प्रत्येक घरमा पालिरहेका हुन्थे । तर अहिले मुस्किलले एक घरमा बढिमा एक सय भेडा पालिएको भेटिन्छ । गाइगोरुहरु त अधिकांस घरमा पाल्न समेत छाडिसकेका छन् ।’ पहिले भेडाहरु सुर्खेत, दैलेख, अछाम र जाजरकोटमा हिउँदमा पाल्न लैजाने जुम्लाको चलनचल्ती थियोे।
घोडा खच्चरहरु सुर्खेतसम्म लिन्थ्यौ।उनले,भने,“ तर घोडा खच्चड त लोप हुँदै गइरहेका छन् । चरण क्षेत्र छैन, पशुवस्तुहरु पाल्न किसानलाई निकै कठिन छ,’ अर्का किसान हरिबहादुर बुढाले भने, ’थोरै भएपनि किसानलाई पशुपालनको लागि सहज होस् भनेर उन्नत जातको घाँस उत्पादनमा जोड दिइरहेको भन्दै पशु सेवा कार्यालयलाई धन्यवाद दिए ।’
जुम्ली खेतबारीमा हुने घाँसको मात्रा मिलाएर खुवाउन पनि सल्लाह दिइरहेको पशु विज्ञहरू बताउँछन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांकमा हेर्दा जुम्लामा गाइगोरुको संख्या ६४ हजार ७ सय ४७ छ । भैसी राँगाहरु २ हजार ८ सय ६४, खसी, बोका र बाख्राहरुको सख्या ४६ हजार ३ सय ६ र भेडाभेडीको संख्या ८४ हजार ३ सय ८८ रहको कार्यालय प्रमुख बुढ्थापाले बताए । चौरीहरु ५ सय ८७ र घोडा खच्चडहरु १ हजार ३ सय ६० छन् ।






