हुलाक टिकटमा छापिएका को हुन् कामी बुढा ?


बि.सं. २०१६ देखि रोकिएको हुलाक टिकट छपाई ६४ वर्षपछि पहिलोपटक नेपालमा छाप्न थालिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा हुलाक सेवा विभागले टिकट छपाइ गरेको हो । हुलाक टिकट सार्वजनिक भएपछि सरकारले यो बर्ष सहिद कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतिहाँसिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।

कम्यूनिस्ट आन्दोलनको विजारोण गर्दै दुर्गम क्षेत्रमा पुगेको बेला वि.सं. २०१० सालमा हुम्लामा गिरफ्तार गरी जुम्लामा हत्या गरिएका कामी बुढालाई २०७४ सालमा मात्रै राज्यले सहिद घोषणा गरेको थियो । कर्णालीका कम्युनिष्ट आन्दोलन अग्रेणी बुढालाई नेपालका कम्युनिष्टहरुले कहिल्यै सम्झने गरेका थिएनन् ।

संयोग कस्तो जुरेको छ भने बुढा मारिएको ६४ वर्षमा सहिद घोषणा गरिएको थियो । अहिले नेपालमा हुलाक टिकट छाप्न बन्द भएको ६४ वर्षपछि पुनः नेपालमा नै छाप्न थालिएको छ । त्यसै हुलाक टिकटमा सहिद बुढाको पनि फोटो टासिएको छ । यसरी हुलाक टिकटमा उनको नाम आएपछि पुनः उनको चर्चा हुन थालेको छ ।

को हुन बुढा ?
रुकुमपश्चिमको चौखावाङ–८ (हाल मुसीकोट नगरपालिका १०), खर्सुपानीमा १९७८ सालमा जन्मिएका बुढा मगर बाबु खिन्तु बुढा र आमाको नाम मङ्गली बुढाको सुपुत्रका रुपमा जन्मिएका थिए । भनिन्छ उनी भारतीय सेनाको जागिर छोडेर वि.सं. २००७ सालको जनक्रान्तिका नेपाल फर्किएका थिए ।

पछि उनले २००७ सालमा प्रजातन्त्र आइसकेपछि ‘दिल्ली सम्झौता धोका हो’ भन्दै पश्चिम नेपालमा उनले सशस्त्र क्रान्ति थालनी गरेका थिए । उनी भन्थे ‘या त म जितेर फर्किन्छु, नत्र रातो अक्षरले लेखेको चिठ्ठी लिएर मेरा साथी आउनेछन् ।’

वास्तबैमा उनीलाई फर्केर आएनन् । घरमा केवल पुग्यो रातो चिठ्ठी । क्रान्तिमा लागेको उनीको जुम्लामा विलय भए २०१० साल असोज महिनाको फूलपातीका दिनमा । भारतीय सेनामा रहँदा केही गर्नुपर्छ भन्ने विद्रोही मानवतावादी सोचका साथ उहाँ नेपाली क्रान्तिमा सामेल हुन नेपाल फर्किनुभएको सहिद बुढाका बारेमा जानकार एवम् लेखक नरेन्द्रजङ्ग पिटरले बताए । ‘नेपाल फर्किएपछि २००७ सालको आन्दोलनमा उहाँ भैरहवा क्षेत्रमा डा. केआई सिंहको नेतृत्वको मुक्ति सेनामा सहभागी हुनुभयो । दिल्ली सम्झौतापछि सशस्त्र विद्रोह रोकियो ।

उक्त सम्झौताको विरोधका अगुवा डा सिंह पनि गिरफ्तारीमा पर्नुभयो । सत्ता त फेरियो, तर राजनीतिक, आर्थिक र सामाजिक कुनै परिवर्तनको छाँटकाँट भने उहाँले देख्नुभएन । त्यसपछि कम्युनिस्ट पार्टीको खोजीमा लाग्नुभयो ।’ उनले भने, ‘किसान आन्दोलनमार्फत विद्रोहको नेतृत्व गर्दै प्यूठान, सल्यान, दैलेख, जुम्ला र हुम्ला पुग्नुभएको थियो । वास्तविक नाम कामी बुढा भए पनि उनी भारतीय सेनामा कमानसिंह बुढा, दैलेखमा धनबहादुर चन्द र जुम्ला–हुम्लामा शेरसिंह र धनबहादुर शाही भनेर चिनिनुभएको थियो ।’

विद्रोहको राप र ताप पहिला राज्यले चालै पाएन, वास्तै गरेन, जब विद्रोह फैलिँदै गयो, तब २००९ कार्तिकमा हुम्लामा उनको फौजलाई गिरफ्तार गरी जुम्लाको सदरमुकाम चौभान त्यहाँ पुग्दा १९ जना बन्दी थिए । अरुलाई छोडेपनि कामी बुढा र भवानीप्रसाद शर्मा अधिकारी जेल चलान गरिएको लेखक पिटरले बताए । ‘गिरफ्तार भएपछि सबै क्रियाकलापको जिम्मेवार आफू नै हुँ भनेर उहाँले सम्पूर्ण जिम्मा लिनुभएको थियो ।’

स्थानीय त्यसका बेलामा केही बाहिरका व्यक्तिहरले बरु २०१० सालमा दशैंको फूलपातीको दिन बुढाको हत्या गरिएको र उनीसँगै पक्राउ परेका भवानीप्रसादलाई भने बाहुन भएकाले जुम्लाको डाँडा कटाएको लेखक पिटरले बताउँछन् ।

माओवादी नेतृत्वको सरकारले २०७४ सालमा सहिद घोषणा गरेर र अहिलेका हुलाक टिकटमा फोटो राखेर बुढाको सम्मान गरेको लेखक पिटरले बताए । ‘अहिलेका कम्युनिष्ट सरकारले साधारण जनजिविका बिषय कति सम्बोधन गरेको छ । त्यो आफ्नो ठाउँको कुरा हो ।’ उनले भने,‘सहिद घोषणा र हुलाक टिकटमा उहाँको नाम छापिनु प्रचण्ड सरकारलाई धन्यवाद दिनैपर्छ ।’

माओवादी मुसिकोटले ग¥यो स्वागत
नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम मुसिकोट नगर समितिले ६५ वर्षपछि नेपाल सरकारले नेपालमै हुलाक टिकट छाप्ने कार्य सुरु गरेकामा सरकारलाई प्रंसनिय काम गरेको माओवादी केन्द्र मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्काले बताए ।

‘नेपालको व्यवस्था परिवर्तन एवं विभिन्न राजनैतिक आन्दोलनका धरोहरहरू सहिद कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल (अभागी) र ऐतिहासिक व्यक्तित्व साहाना प्रधानसहित प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशनमा धन्यवाद ज्ञापन गरिएको छ ।’ उनले भने,‘त्यस्तै सहिद, राष्ट्रिय ऐतिहासिक व्यक्तित्वहरू र प्राकृतिक सांस्कृतिक सम्पदाको सम्मान गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने गरी सरकारले गरेको निर्णय हामी स्वागत गरेका छौं ।’

नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी सहिद कामी बुढाको रुकुम पश्चिम मुसिकोट नगरपालिका १० खर्सपानीमा जन्म भएका फोटो हुलाक टिकटमा छापिएपछि राष्ट्रिय स्तरमा परिचित भई सम्मानित भएकोले यसमा हामी रुकुमेलीका गर्वको बिषय भएको खड्काले बताए ।

यस्तो छ हुलाक टिकटको इतिहास
२०१६ देखि रोकिएको हुलाक टिकट छपाइ ६४ वर्षपछि पहिलोपटक नेपालमा छाप्न थालिएको विभागले जनाएको छ । पहिलोपटक प्रचलनमा ल्याइएको हुलाक टिकट नेपालमै छापिएको थियो । १९३८ सालमा खुकुरी चिह्न अंकित हुलाक टिकट छापिएको थियो ।

जंगबहादुरले बेलायतबाट गिद्दको चित्र अंकित ‘गिद्दे प्रेस’ उपहारमा ल्याएका थिए । त्यो गोरखापत्र छाप्न प्रयोग गरिएको थियो । त्यही प्रेसबाट हुलाक टिकट छापिएको थियो ।त्यसरी छापिएका टिकटमा सुरूमा ‘गोरखा’ लेखिएको थियो । सन् १९३० देखि भने ‘नेपाल सरकार’ लेख्न थालियो । पछि फेरि ‘श्री ५ को सरकार’ लेखियो ।

हुलाक टिकटमा छापिएका को हुन् कामी बुढा ?

अक्षरको छातिमा बाँचेको देश

हुलाक टिकटमा छापिएका को हुन् कामी बुढा ?

कर्णालीका १ लाख ४७ हजार बालबालिका समेट्ने