खुल्ला मञ्च मर्मत गर्दै तरुण दल


बिजया दशमी तथा शुभ दिपावलीको अबसर पारेर जिल्ला समन्वय समितिको खुल्ला मञ्च मर्मत सहित सरसफाइ गरिएको छ ।

नेपाल तरुण दल प्रदेश सभा (क) मार्फत कालिकोटको खुल्ला मञ्च जेसिबि र ट्याक्टर प्रयोग गरि मर्मत गरेको हो । तिब्रिकोट फुटबल क्लवले यहि मिति २०८१ साल असोज १४ देखि १७ गते सम्म संचालन हुन गईरहेको प्रथम गुरु योगी नरहरिनाथ फुटबल प्रतियोगिताको लागि तरुण प्रदेश सभा ( क) कालिकोटले जिल्लामा रहेको खुल्ला मन्च सरफाई सहित मर्मत गरेको तिब्रिकोट फुटबल क्लबका सचिब सागर शाहीले ले जानकारी दिए ।

तरुणदल प्रदेश सभा (क) को टिमले बर्षाै देखि कालिकोट जिल्लाको सदरमुकाम मान्ममा रहेको समन्वय समितिको खुल्ला प्राङ्गणलाई कुनै निकाएको ध्यान नगएको र कोही ब्यक्तिले पनि मध्यनजर नगरेको भन्दै तरुणदल प्रदेश क ले सहयोग गरेको तरुणदल प्रदेश क कालिकोट का अध्यक्ष जितेन्द्र प्रताप मल्ल (जिवा) ले बताएका छन ।
उनले भने खुल्ला मञ्च सरसफाई गर्न कुनैपनि संघसंस्था देखि लियर जिल्ला समन्वय समिति लगाएत अन्य सरोकारवालाहरुको ध्यान नगएको देखिन्छ । फोहोरका थुप्रो,प्रयोग बिहिन शौचालय र भवनहरु तत्काल सरसफाई र रंगरोगन गर्ने प्रतिबद्धता सभापति मल्लले गरेका छन् ।

विभिन्न राजनैतिक दलका मात्र नभएर साना देखि ठुला कार्यक्रमहरु संचालन गर्ने तथा विभिन्न खेलकुदका कार्यक्रमहरु गरिने जिल्ला समन्वय समितिको खुल्ला मञ्च सरफाईमा कसैको ध्यान गएको देखिदैन । समन्वय समितिको खुला मञ्चमा कार्यक्रमको अवसर पारेर हल्का फुल्का सरसफाई गरेपनी कसैले तनमन लगाएर मर्मत र सरसफाई नगरेको आारोप तरुण दल प्रदेश सभा (क) का सचिव सोदेश शाहीले लगाएका छन् ।

विभिन्न ठेकेदारहरुले खुल्ला मञ्चमा बन्ने भवनहरुको काम गरेपनी फिल्डमा विभिन्न फोहोर थुपोर्ने गरेका छन् । फोहोरको थुप्रो रहेको खुल्ला मञ्च रंगरोगन देखि लिएर सरसफाई गर्न कसैको चासो पुगेको देखिदैन ।

खुल्ला मञ्चमा गर्ने कार्यक्रमहरुको अवसर पारेर कार्यक्रम अवधिभर खुल्ला मञ्च लगाएत मञ्च आसपासमा रहेका शौचालय र भवनहरु सफा देखिए पनी पुनः फोहोर हुने क्रम बढ्दो देखिएको नेपाल तरुण दल प्रदेश सभा (क) का सह सचिव बिनोद शाहीले बताए । उनले भने अब निरन्तर सबैको सहयोगमा खुल्ला मञ्च सरसफाई गर्नु पर्नेछ ।

खुल्ला मञ्च मर्मत गर्दै तरुण दल

कालागाउँ प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु

खुल्ला मञ्च मर्मत गर्दै तरुण दल

YUGAAWHAN NATIONAL DAILY (2081-06-08)