जुम्लामा हराउँदै धान कुट्ने ओखल


जुम्लाको गुठिचौर गाउँपालिका-५ की बसन्ती धिताल ४ र ५ वर्ष अघिसम्म बिहान झिसमिसेमा भालेको डाँकोसँगै उठेर परिवारका सबै सदस्यलाई पुग्ने गरी ओखलमा धान कुट्न सुरु गर्थिन् । उनी सानै छदादेखि हातमा मुस्लो परेका थियो । विवाह गरेर आएकी २० वर्ष भयो । माइती घरदेखि नछोडेको ओखलले घरमा पनि छोडेन ।उनी बिहानै उठेर परिवारलाई पुग्ने गरी धान कुटेर भात भान्सा गर्थिन् । उनको सानै परिवार भएका कारण ४र ५ दिन ४र ५ दिनमा ओखलमा धान कुट्नु पर्ने बाध्यता थियो । तर, अहिले गाउँमा नै मिल स्थापना भएपछि उनको त्यो बाध्यता हटेको छ । गाउँमा परम्परागत ओखल लोप हुँदै गएका छन् ।

ओखल मात्र हैन जाँतो पनि गाउँघरमा बिरलै रूपमा पाइने गरेको उनी बताउँछिन् । ‘आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै गाउँमा ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ,’ उनले भनिन्, ‘पहिला ओखलमा कुट्ने गर्थिन। भने अहिले मिलमा लैजान्छौँ । तर मिल अलि टाढा छ ।’पहिला प्रत्येकको घरघरमै ओखल बनाइएको हुन्थ्यो । हाल कुटानी–पिसानीका मिल ठाउँ–ठाउँमा सञ्चालनमा आएसँगै ओखल देख्नैसमेत मुस्किल हुन थालेको छ ।

ओखलमा धान कुट्दा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको उनले बताइन् । उनले भनिन्, ‘महिलालाई निकै बोझ थियो, ठूलो परिवारका महिलाले निकै परिश्रम गर्नु पर्दथ्यो । धान कुट्ने कार्य महिलाले मात्रै गर्दथे । हाल मिल सञ्चालन भएपछि महिलाको कामको बोझ घटेको छ ।’तर, अहिले मिलमा ल्याउन लैजान समय लाग्ने गरेको छ । घर नजिकै मिल नहुँदा समस्या परेको उनले बताइन् ।

उनको घरमा हाल मिल छैन । अर्को गाउँमा छ । मिलमा जान मात्र १ घण्टा लाग्ने गरेको छ । त्यति पनि मानिसहरू अहिले मिलमा नै लगेर धान कुटाउने गरेका छन् । मिलमा धान कुटाउन छिटो भएपनि स्वाद भने खासै नहुने सोही गाउँका भवानीप्रसाद धिताल बताउँछन् ।उनीसँग ओखलमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको अनुभव रहेको छ ।

‘ओखलमा कुटेको चामलको भात एकदमै स्वादिष्ट हुन्छ । मक मक बास्ना आउँछ,’ उनले भने, ‘मिलमा कुटेको त सबै ढुटो हुन्छ । स्वाद नै हराउँछ ।’जुम्लाका ग्रामीण क्षेत्रका गाउँमा धान कुट्नको लागि पहिला ओखलको मात्र प्रयोग गरिन्छ । ‘ त्यसैले यहाँ ओखल मात्र चल्छ,’ उनले भने, ‘तर, अहिले सबैले मिलमा कुटाउन थालेका छन् ।’ ढिकीमा भन्दापनि ओखलमा धेरै सजिलो हुन्छ ।

एक जनाले पनि कुट्न सकिन्छ । तर अहिले आधुनिकता बढेसँगै परनिर्भरता बढेको छ ।यस्तै सिंजा (४ का स्थानीय तिर्थ बुढा भन्छन्, ‘हाल विद्युत् नभएका बेला मिल सञ्चालन नहुँदा पर्खनुपर्दछ । त्यो बेला परनिर्भरता भने थिएन । आफ्नै घरमा ओखल हुन्थ्यो । जति बेला चामल सकियो, त्यही बेला धान कुट्न सकिन्थ्यो । मिलमा लाग्ने खर्चसमेत बच्ने गर्दथ्यो ।

जीवनशैली सहज भएसँगै खर्चसमेत बढेको छ ।’उनी भन्छन्।अहिले ओखल प्रयोग गर्ने छाडे । ‘पहिला त बलियो काठ, ढुङ्गाको ओखल बनाउने गरिन्थ्यो,’ उनले ती दिन सम्झँदै भने, ‘मुसलमा फलामको साम राखेर धान कुट्ने काम हुन्थ्यो । महिलाले सुस्केरा हाल्दै धान कुट्ने गर्दथे । ओखलअनुसार दुई र एक मुसलको प्रयोग हुन्थ्यो ।

ओखलमै घरमै पाक्नै आँटेको धानलाई भुटेर चिउरासमेत बनाइन्थ्यो । जुन खानमा निकै मीठो हुन्थ्यो ।’हाल अरू ठाउँमा जस्तै जुम्लाका अन्यत्र गाउँ ठाउँमा पनि ओखलको प्रचलन बिस्तारै घट्दै गएको छ । यसको प्रचलन हटेपछि मिलमै धान कुट्ने गरिँदै आएको उनको भनाइ छ । त्यहाँका बासिन्दाको पुरानो पहिचानका रूपमा रहेकाले ओखललाई जोगाउनका लागि पहल गर्नुपर्ने स्थानीयको भनाई छ ।

ओखलजस्तै पुराना पहिचान भएका वस्तुको जगेर्ना गर्नमा स्थानीय तहले चासो दिनुपर्ने हुन्छ,’ उनले भने, ‘नयाँ पुस्ताले यस्ता यन्त्रबारे जानकारी पाउँछन् । पर्यापर्यटनलाई समेत बढवा दिन सकिन्छ ।’ केही वर्ष अघिसम्म जुम्लाका८ वटै स्थानीय तहमा ओखलको प्रयोग हुँदै आएको थियो । तर अहिले आधुनिकतासँगै हराएको ओखल र जाँताको संरक्षण सवद्र्धनप्रति कसैले चासो राखेको छैन ।

‘जुम्लाका घरेलु मेसिनहरू हराइसके’,बुढाले भने, ‘हामी को हौँ रु हाम्रो सभ्यता के हो रु भत्रे कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि सङ्कटमा परेको छ ।’स्थानीय स्रोत, साधन एवम् स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिन्छ ।

घरेलु मेसिनको बनोट विशुद्ध हाम्रा पुर्खाको कला र सीप हो । उनले भने, ‘घरेलु मेसिनको अध्ययनबाट अघिल्ला पुस्ताको आर्थिक, सामाजिक एवम् धार्मिक अवस्थाका विषयमा समेत जानकारी हासिल गर्न सकिन्छ ।’घरेलु मेसिन पूरै लोप भएपछि अबका पुस्ताका लागि यस क्षेत्रको सांस्कृतिक एवम् मानवीय सभ्यताका विषयमा अध्ययन गर्ने आधार रहने छैन ।

बढ्दै गइरहेको आधुनिक सांस्कृतिक हस्तक्षेपका बीच हाम्रो मौलिक संस्कृति र सभ्यता हराउने उनको भनाई छ । दैनिक प्रयोगका विभित्र आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नैखाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवम् गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ ।

घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महँगो एवम् खर्चिलो छ । लोप हुँदै गइरहेका यी मेसिनको संरक्षण र प्रवद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढवा दिइनुपर्ने कुरामा उनको जोड रहेको छ ।प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ ।

सामूहिक प्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भावना र भाइचारामा अभिवृद्धि गर्ने उनीहरूको तर्क छ।यस क्षेत्रको परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु मेसिनको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकता दिइनु उपयुक्त नहोला रु संरक्षणका लागि परम्परागत मेसिनको नमुना सङ्ग्रहालय स्थापनाका लागि पो सोच्ने कि ? सरोकारवालाहरुको ध्यान जान आवश्यक देखिन्छ ।

जुम्लामा हराउँदै धान कुट्ने ओखल

‘नेपाली भाषा साहित्यको जननी नै खस भाषा

जुम्लामा हराउँदै धान कुट्ने ओखल

जुम्लामा लागु औषध दुब्र्यसनी नियन्त्रण गर्न साझा