मानव सेवा आश्रम सुर्खेतले आमा सेमिनार गर्दै

मानव सेवा आश्रम सुर्खेतले आमा सेमिनार कार्यक्रमको आयोजना गरेको छ । सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्दार, राहत तथा संरक्षण गर्दै आएको आश्रमले पहिलो पटक आमाबुबाको महत्व र महिमा बोध गराउने उद्देश्यले शनिबार वीरेन्द्रनगरमा आमा सेमिनार कार्यक्रमको आयोजना गरेको हो ।

जननीको महिमा बोध गराउँदै राष्ट्र, राष्ट्रियता र मातृभूमिप्रतिको सम्मान बढाउने सेमिनार आयोजना गरिएको आश्रमकी केन्द्रीय महासचिव सुशिला केसीले बताईन् । आमा सम्मेलनले मानव सेवाका लागि प्रेरित गर्दै व्यक्तिमा सृजनशीलता, रचनात्मकता, सामाजिक मूल्यमान्यतासहित सकारात्मक सोचको विकासका लागि पथप्रदर्शन गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

उनका अनुसार सम्मेलनमा ५ सय बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रवेश निःशुल्क गरिएको र कार्यक्रममा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रशिक्षण दिने छन् ।

मानव सेवा आश्रम सुर्खेतले आमा सेमिनार गर्दै

कार्यकर्ता रिझाउन २५ लाखमा निर्माण गरिएको माछापोखरी

मानव सेवा आश्रम सुर्खेतले आमा सेमिनार गर्दै

अरोबौ खर्च, बनेन सेरीपान्तडी सडक