कार्यकर्ता रिझाउन २५ लाखमा निर्माण गरिएको माछापोखरी अलपत्र


कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–८ तिपमा दुई वर्ष अघि निर्माण गरिएको २५ लाख रुपैयाँको माछापोखरी सञ्चालनमा आउन सकेको छैन । कार्यकर्ता रिझाउन कर्णाली प्रदेशको पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले सरकारी अनुदानमा निर्माण गरेको २५ लाख रुपैयाँको पोखरी अलपत्र परेको हो ।

शाहीका तत्कालिन स्वकीय सचिव अम्मराज सेजुवालको अध्यक्षतामा समिति बनाएर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा निर्माण गरिएको पोखरी अलपत्र परेको छ ।

२५ लाखमा निर्माण गरिएको माछा पोखरी अहिले माछा नभएर सुख्खा रहेको र पोखरी बनाएदेखि आफुले माछा पालेको नदेखेको स्थानीय नरेन्द्र आचार्यले बताए ।

सरकारी अनुदानको दुरुपयोग भएको स्थानीय रामबहादुर बिकले जानकारी दिए । ‘केवल अनुदान खानका लागि बनाएको माछा पोखरी अहिले सञ्चालनमा आएको छैन ’ उनले भने ।
माछापोखरी बनाउनका लागि प्रदेश सरकारको अनुदान बनेको कसले के कामका लागि बनाएको हो त्यसको कुनै जानकारी नभएको शुभकालिका गाउँपालिका वडा नं. ८ का वडा सचिव वीरेन्द्रबहादुर शाहीले बताए ।

कार्यकर्ता रिझाउन २५ लाखमा निर्माण गरिएको माछापोखरी अलपत्र

नेपाल व्यापार सर्वेक्षणः करिब ३२ प्रतिशत व्यापारिक

कार्यकर्ता रिझाउन २५ लाखमा निर्माण गरिएको माछापोखरी अलपत्र

मानव सेवा आश्रम सुर्खेतले आमा सेमिनार गर्दै