वीरेन्द्रनगरमा भेरीकाे पानी ल्याउन निर्माणकाे टेण्डर आह्वान

सुर्खेत ।
वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्ने भेरी लिफ्ट खानेपानी योजना निर्माणका लागि टेण्डर आह्वान भएको छ ।
नगरपालिकाको ड्रिम प्रोजेक्टको रूपमा रहेको सो आयोजनाको पहिलो चरणको कामका लागि टेण्डर आह्वान भएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिए ।

पहिलो चरणमा करिब चार अर्बको टेण्डर आह्वान भएको उनले बताए । पानी लिफ्ट गरी वितरण गर्ने सो परियोजना टेन्डर भएको उनले जानकारी दिए ।

सो परियोजनाको काम ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वीरेन्द्रनगरमा पर्याप्त पानी नहुँदा खानेपानीको समस्या हुँदै आएको छ ।

विश्व बैंकको वेबसाइट र नेपाल सरकारको पीपीएमओ नेपालद्वारा असोज १२ गते ग्लोबल टेन्डर गरिएको छ । टेण्डर प्रक्रिया पूरा गरी परियोजनाको काम अघि बढ्ने छ ।

नेपाल सरकारको खानेपानी विभाग र वीरेन्द्रनगर नगरपालिका बिच सो परियोजनाका लागि २०७९ साल भदौ १६ गते सहभागिता सम्झौता भएको थियो ।

सम्झौता पछि परियोजना ओैपचारिक रूपमा शुरु भएको थियो ।
परियोजना समयमै सम्पन्न भई वीरेन्द्रनगरको खानेपानी समस्या समाधान हुने ढकालले विश्वास व्यक्त गरे ।

वीरेन्द्रनगरमा भेरीकाे पानी ल्याउन निर्माणकाे टेण्डर आह्वान

एमाले कर्णाली अधिवेशनमा मतदान सुरु

वीरेन्द्रनगरमा भेरीकाे पानी ल्याउन निर्माणकाे टेण्डर आह्वान

YUGAAWHAN NATIONAL DAILY (2080-06-13)