एमाले कर्णाली अधिवेशनमा मतदान सुरु

 

सुर्खेत  ।
नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनमा शनिबार साँझदेखि मतदान शुरु भएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी अधिवेशनमा दिउँसो १२ बजेदेखि हुने भनिएको मतदान ६ घण्टा ढिला गरी बेलुका ६ बजे सुरु भएको हो ।

मतदानअघि बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । अन्तिम नामवली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ ।

एमालेको कर्णाली अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको थियो । अध्यक्षमा उम्मेद्वादी दिएका दुई जनाले दैलेखका राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् ।

 

एमाले कर्णाली अधिवेशनमा मतदान सुरु

होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएपछि विद्यालय