प्रदेश अस्पतालमा ठुलो क्षमताको सोलार प्लान्ट जडान

सुर्खेत । विश्व स्वास्थ्य संगठनको सहयोगमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ठुलो क्षमताको सोलार प्लान्ट जडान गरिएको छ । अस्पतालमा १५० किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो । विद्युत आपूर्ति बन्द हुँदा २४ सै घण्टा प्रदान गरिने सेवामा कुनै समस्या उत्पन्न नहोस भनेर सोलार जडान गरिएको अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काले जानकारी दिए ।

‘कोभिड-१९ बेला विजुली वत्ती नहुँदा ठुुलो समस्या भोगेका थियौं । विद्युतको अभावमा हामीले चाहेर पनि सेवा दिन समस्या भएको थियो,’ डा. खड्काले भने, ‘विद्युतको अभावमा भोग्न परेको समस्या सोलार प्रविधिले समाधान गर्नेछ ।’ विगतमा विद्युत अनियमित हुँदा अस्पतालमा अक्सिजन प्लाष्ट, अप्रेशन थिएटर, एक्सरे लगाएतका सेवा दिन समस्या हुने गरेकोमा अब सोलार प्यानल जडानले सहज बनाउने विश्वास लिएको निर्देशक खड्काको भनाई छ ।

प्रदेश अस्पतालमा जडान गरिएको सोलार नयाँ प्रविधीको रहेको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी राजेश सम्भाजीराव पाण्डवले बताए ‘यसको प्रयोगले कणर्ाली र नेपालमा मात्र नभएर विद्युत आपूर्तिको समस्या भएका अन्य मूलकको लागि पनि महत्वपूणर् सिकाइ हुनेछ ।’ उहाँले भन्नु भयो, ‘यो प्रबिधिले स्वास्थ्य क्षेत्रमा हुने विद्युत् आपुर्तिको समस्या समधान गर्नेमा विश्वास लिएका छौं ।’

सोलार प्यानल जडानपछि अक्सिजन प्लयान्ट लगाएत अन्य सेवा सञ्चालनमा सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेको भनाई छ ।

प्रदेश अस्पतालमा ठुलो क्षमताको सोलार प्लान्ट जडान

पत्रकारहरुका लागि निशुल्क आँखा जाँँच शिविर

प्रदेश अस्पतालमा ठुलो क्षमताको सोलार प्लान्ट जडान

वीरेन्द्रनगरमा अत्यावश्यक सेवा, सूर्यास्तपछि सेवाविहिन

Leave a comment

Your email address will not be published. Required fields are marked *