२०८२ बैशाख १७ गते
×

Now Playing

पत्रकारहरुका लागि निशुल्क आँखा जाँँच शिविर

सुर्खेत । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवस तथा ४५ औं नेत्रज्योति दिवसका अवसरमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको आयोजना, एकीकृत आँखा तथा कान कार्यक्रमको व्यवस्थापन तथा नेपाल नेत्रज्योति संघको सहकार्यमा सुर्खेतमा क्रियाशिल पत्रकारहरुको निशुल्क आँखा जाँच गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले पत्रकारहरुले दृष्टि स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको बताए । पत्रकाहरु बढी समय इलेक्ट्रोनिक सामाग्रीको नजिक रहेर काम गर्नु पर्ने भएकाले समय-समयमा आँखा जाँच गराउनु पर्नेमा जोड दिए । यस्तै एकीकृत आँखा तथा कान कार्यक्रमका कर्णाली प्रदेश संयोजक मानबहादुर कुँवरले अन्धोपनलाई हटाउँन कर्णालीमा आँखा उपचारका लागि छुट्टै रणनीति बनाएर काम गरि रहेको बताए । विधुतिय सामाग्रीहरुमा बढी बस्नु पर्दा पत्रकारहरुका आँखामा विभिन्न समस्या देखा पर्ने हुँदा थप समस्या नहोस भनेर शिविरको आयोजना गरिएको कुँवरको भनाई छ ।

सरकारको महत्वमा नपरेको आँखा स्वास्थ्यको क्षेत्रमा विगत ४५ वर्षदेखि नेपाल नेत्रज्योति संघले अन्धोपन हटाउन विशेष भुमिका खेल्दै आएको कुँवरको भनाई छ । आँखा रोगकै कारण कसैले दृष्टि गुमाउन नपरोस भन्ने हेतुले विभिन्न जनचेतनामुल कार्यक्रम गरिरहेको उल्लेख गर्दै आगामी दिनहरुमा थप प्रभावकारी बन्नेमा आशावादी रहेको कुँवरले बताए ।

यस्तै पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले आँखा स्वास्थ्यका लागि निकै महत्वपूणर् कार्यक्रम रहेकाले सेवा लिन आग्रह गरे । सञ्चार क्षेत्र राज्यको चौथों आँखा भएकै कारण पत्रकारका दृष्टि र सोचाई स्वस्थ हुनुपर्ने अध्यक्ष बसेलको भनाई थियो । शिविरमा सुर्खेतमा क्रियाशिल करिव ५५ जना पत्रकारहरुको आँखा जाँच तथा औषधी र चश्मा वितरण गरिएको थियो ।

पत्रकारहरुका लागि निशुल्क आँखा जाँँच शिविर

YUGAAWHAN NATIONAL DAILY (2079-12-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *