अनिल सिंहको कन्सर्ट हुँदै

सुर्खेत,१६ फागुन ।

गाई जोगाउनका लागि भन्दै ‘हाम्रो कर्णाली युवा क्लब’ ले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको गर्दै क्लबका सचिव बबिन पोखरेलले होलीको पूर्व सन्ध्यामा फागुन २१ गते खुलामञ्चमा ‘च्यारिटी शो’ गर्न लागिएको जानकारी दिए ।

मेरो यो प्रेमपत्र, सक्छौ भने विषय देउ, मैले जानी सके आँ पिएर जिउन र इञ्जिन गाडीमा जस्ता चर्चित पप गीतका गायक अनिल सिंहको मुख्य प्रस्तुति रहने कार्यक्रममा स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिनेछन् । कार्यक्रममा राउटेहरुलाई नचाउने तथा घैँटो फुटाउने कार्यक्रम पनि छ ।

फागुन २१ गते बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमका लागि दुई किसीमका प्रवेश शुल्कको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रवेशका लागि विद्यार्थीलाई प्रति टिकट २ सय ५० रुपैयाँ र अन्यका लागि प्रति टिकट ५ सय रुपैयाँ शुल्क लाग्ने क्लबका सचिव पोखरेलले जनाए ।

करिब तीन हजार टिकट विक्रि गर्ने लक्ष्य राखेको आयोजकले कार्यक्रमबाट उठेको रकम मध्येबाट २० प्रतिशत रकम वीरेन्द्रनगर– १० मा रहेको गौशालामा सहयोग गर्ने उनको भनाई छ । ‘गौशाला निर्माण भएपनि सञ्चालनमा समस्या भइरहेको छ, उनले भने, ‘त्यसैले हामीले केही रकम संकलन गरी सहयोग गर्ने योजना बनाएका हौँ ।’

होली पर्वको समयमा हुनसक्ने अप्रिय घटना, मदिरासेवन तथा झै–झगडालाई पनि मध्यनजर गर्दै कार्यक्रमस्थलमा मदिरा निषेध गरिएको बताउँदै उनले भने, ‘हामीले यसबारेमा प्रहरीसँग पनि छलफल गरी पूर्वतयारी गरेका छौँ ।’ क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमसँगै खेलकुद पूर्वाधार निर्माण तथा विभिन्न सामाजिक कार्यमा पनि काम गर्दै आएको छ ।

अनिल सिंहको कन्सर्ट हुँदै

नेपालको तेस्रो जीतः शानदार, लगातार

अर्को चुनावसम्म यहि गठवन्धन : नेपाल

Leave a comment

Your email address will not be published. Required fields are marked *