२०८२ बैशाख १७ गते
×

Now Playing

ट्रकले ठक्कर दिंदा  वीरेन्द्रनगरमा एक जनाको मृत्यु

सुर्खेत,१६ फागुन ।

मिनी ट्रकले ठक्कर दिंदा सोमबार वीरेन्द्रनगरमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  दुर्घटनामा घाइते भई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएका वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो । सोहि दुर्घटनामा घाइते भएका ४९ वर्षका बुद्धिराम थारुलाई थप उपचारको लागि प्रदेश अस्पतालमै भर्ना गरिएको छ ।

खुद्रा सामान लोड गरिएको भे १ ख १५२८ नंम्बरको मिनी ट्रक बामेखोलाबाट तीनकुनेतिर आउँदै गर्दा दुई जनालाई ठक्कर दिई घाईते बनाउनुका साथै सडक छेउको विजुलीको पोलमा समेत क्षति पुर्याएको थियो । जसका कारण सोमबार दिउँसो केहिबेर बुद्बुदी फिडरअन्तर्गतको विजुली अवरुद्ध हुन पुगेको थिो ।

ट्रक र चालक जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ३ घर भई हाल बीरेन्द्रनगर नगरपालिका वडा नं. १० मा बस्ने ३६ वर्षका रवि सार्कीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ ।

बन्दुक भेटिए

Leave a comment

Your email address will not be published. Required fields are marked *