एमाले कर्णालीको नयाँ नेतृत्व : चुनौती र कार्यभार


नवराज महतरा/हुम्ला
२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणामपछि गएको पु्स दोस्रो साता कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुको एक टोली पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिन भन्दै निजि निवास बालकोट पुग्यो । लामो पखाई पछि भेट पाएका ति नेताहरुसँग अध्यक्ष ओलीले भन्नुभयो, ‘यो पटक कर्णालीलाई श्रद्धाञ्जली बाहेक अरु केहि भन्न सकिन्न ।’ कतै आन्तरिक कलह त कतै कमजोर संगठनका कारण १० जिल्लाका १२ वटा प्रतितिनिधसभा निर्वाचन क्षेत्र भएको कर्णालीमा एक सिटपनि एमालेले नजितेपछिको रिस अध्यक्ष ओलीले एकै वाक्यमा पोख्नु भएको थियो ।
निर्वाचनको टिकट वितरणमा आफूले टिकट पाए जित सुनिश्चित भन्दै टिकट हत्याउन मरिहत्ते गरेका ति नेताहरुको अघि पार्टी संगठन भन्दा आफूलाई केन्द्रीत गरेको भन्दै अध्यक्ष ओलीको कटाक्ष थियो । सिङ्गो प्रदेश पार्टी संगठनलाई केन्द्रीय ‘सुप्रीमो’ले श्रद्धाञ्जली दिएको ठिक ९ महिनापछि नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिको पहिलो अधिवेशन आज शुरु हुदैंछ । कमजोर मानव विकास सूचांक, भौगोलिक विषमता र विकटताको परिणाम मतदाताको परम्परागत सोच, निर्वाचनको पुरानो शैली, नेताहरुको सास्त्रीय व्यवहारको बाहुल्यता रहेको कर्णालीमा पछिल्ला निर्वाचनको परिणामले ओह्रालो लागेको एमालेका लागि यो अधिवेशनले चुन्ने नेतृत्वका अघि थुप्र चुनौतीका चाङ्ग छन् ।
साविकको मध्यपचिम विकास क्षेत्र अन्र्तगतका भेरी, राप्ती र कर्णाली अञ्चलका दश जिल्ला मिलेर बनेको कर्णाली प्रदेशको आगामी कार्यकालका लागि नेतृत्वसहित १३५ सदस्यीय कमिटि एमालेको प्रदेश अधिवेशनले चुन्दैछ । १० जिल्ला र मोर्चा संगठनको प्रतिनिधित्व सहित १९५ जना महिला र ४०७ पुरुष गरेर ६०४ जना प्रतिनिधिले नेतृत्व छनोट गर्दैछन् । कठिन भूगोल, राष्ट्रिय राजनीति, २०७९ वैशाख ३० र मंसिर ४ को निर्वाचन परिणामले प्रतिपक्ष बनाएको एमाले कर्णालीका लागि अब आउने नयाँ नेतृत्वका अघि अवसर भन्दा बढि चुनौति नैं देखिन्छन् ।
तीनवटा मनोविज्ञानको संयोजन कर्णाली प्रदेश भेरी, राप्ती र कर्णाली अञ्चलका तीनवटा मनोविज्ञानले निर्माण भएको प्रदेश हो । सानो जनसंख्या र ठूलो भूगोल भएको कर्णाली अञ्चल हरेक क्षेत्रमा आरक्षणबाट हुर्किदै आएको छ । जसका लागि खुला प्रतिष्प्रधा संख्या र पहुँच दुवैका आधारले मुश्किल तर अपरिहार्य छ । उता तुलनात्मक रुपमा सानो भूगोल तर ठूलो जनसंख्या भएको भेरी र राप्तीको आफ्नै खाले मनोविज्ञान छ । साविकको मध्यपश्चिम विकास क्षेत्रमा राप्तीको बढि सम्बन्ध, सम्पर्क दाङ्ग र बाँकेसँग थियो । जसका लागि कर्णाली र भेरीको मनोविज्ञान नयाँ हो । प्रदेशको मुकाम समेत रहेको भेरी सुचांक र संख्याका हिसाबले पनि अघि छ ।
यि तिनै मनोविज्ञानलाई मिलाउँदै हुम्लाको लिमीले पनि अपनत्व गर्ने र सुर्खेतको वीरेन्द्रनगरले पनि अपनत्व गर्ने चुनौती कर्णालीको नयाँ नेतृत्वका अघि छ । गुटगत सन्तुलन दुई लाइन संघर्ष कम्युनिस्ट पार्टी भित्रको संस्थागत समस्या हो । तर पछिल्लो समय दुई लाइन संघर्षको बहानामा नेता÷कार्यकर्ताको मनोगत स्वार्थलाई समेत दुई संघर्षमा जोड्ने प्रचलन कर्णालीको एमालेमा पनि बढ्दै गएकौ देखिन्छ । योजना नपाउँदा, उपभोक्ता समितिमा बस्न नपाउँदा नेताहरुलाई आन्तरिक संघर्षका नाममा विवादित गराउने समस्याले नेपाली कम्युनिस्टको ठूलो समस्या हो ।
यसबाट कर्णालीको एमाले पनि अछुतो छैन् । हरेक तहको कमिटि, हरेक संगठन भित्र आन्तरिक संघर्ष व्यप्त भएको एमाले कर्णालीको नयाँ नेतृत्व छनोटका लागि सुर्खेत आएका प्रतिनिधिहरु समोत स्पष्ट दुई धुर्वमा विभाजित हुनेछन् । नेतृत्वमा आकांक्षिहरुका आधारमा विभाजित भएका कार्यकर्ताहरुले अधिवेशनको समापनसँगै वीरेन्द्रनगरको आन्तरिक गुटलाई प्रतिनिधि छनोट भएको हरेक वडा र पालिकासम्म लिएर फर्किनेछन् । यसले एमालेको वर्तमान संगठनमा थप समस्या पैदा हुनेछ । प्रदेशको नेतृत्वमा बनेका गुटगत समुहहरु आगामी चैत भित्र हुने जिल्ला र स्थानीय तहका निर्वाचनसम्म फैलिदैं जानेछन् । जसका कारण एमालेका वस्ती र टोल कमिटिसम्म प्रष्ट दुई धार देखिने छ ।
जसको सन्तुलन गर्दै अधिवेशनले सृजना गरेको धारलाई सामन्जस्य गरेर एकिकृत एमाले निर्माण गर्दै हरेक तहमा बलियो प्रतिपक्षको भूमिकामा जनजीवकाका सवाल उठान गर्नु नयाँ नेतृत्वको अर्को चुनौतीका रुपमा खडा हुनेछ । युवा, विद्यार्थीमा पहुँच बिस्तार कर्णालीका दशवटै जिल्लामा एमालेप्रति नयाँ पुस्ताको आकर्षण उत्साजनक देखिदैन् । ४० वर्षमाथिको उमेर समुहका मतदातको बाहूल्यता भएको एमाले कर्णालीमा केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरुका सन्तान शहर केन्द्रित छन् अर्थात गाउँमा छैनन् । अध्ययन रोजगार, व्यवहायका नाममा सकभर विदेश, त्यहि नभए काठमाडौं, नेपालगञ्ज र सुर्खेतलगायतका शहरमा छन् । विद्यालयमा अध्ययन गर्ने वद्यार्थी, युवा समुहमा एमालेको उपस्थिती आशा गरेभन्दा कमजोर छ ।
भेरी र राप्तीका तुलनामा कर्णाली अञ्चलमा यो स्थिती अँझ बढि देखिन्छ । अतः आजदेखि शुरु हुने कर्णालीको प्रदशे अधिवेशनले चयन गर्ने नयाँ नेतृत्वका अघि कागजी रुपमा देखिएपनि व्यवहारिक रुपमा कमजोर संगठन भएको विद्यार्थी युवा पुस्तामा आफूलाई स्थापित गराउने ठूलो चुनौती छ । पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशनले प्रदेश अधिवेशनको हकमा १० प्रतिशत युवा (४० वर्षमुनिका) को सहभागितलाई सुनिश्चित गरेपनि कार्यान्वयनमा यसले खासै प्राथमिकता पाउने देखिदैन् । बढ्दो सामाजिक सञ्जलाको पहुँच, राजनीति क्षेत्रमा नयाँ शक्तिहरुको उदयका कारण पुराना राजनीतिक शक्तिप्रति घट्दो नयाँपुस्ताको आकर्षणलाई १० प्रतिशतले कालो बालदमा चाँदिको घेरा त देखाउँदा तर नयाँ पुस्ता आकर्षित गर्ने प्रयाप्त छैन् ।
पार्टी नेतृत्वमा युवापुस्ता पुनस्थापित गर्दै हरेक निर्वाचनमा थपिने नयाँ मतदाता तान्नु अब आउने नेतृत्वको अघि देखिएको रणनीतिक चुनौती हो । समाजको माग कि पार्टीको त्याग ? संगठन सञ्चालनको परम्परागत तरिका र सास्त्रीय पद्धतीमा नेतृत्व निर्माण गर्ने संस्कार एमाले भित्र पनि कायमै छ । संगठनमा लामो समय बिताएको, जेल–नेल र संघर्षको इतिहास बोकेको, संगठित सदस्या अघि भएको, कपाल फुलेको व्यक्तिलाई नेतृत्वमा स्थापित गर्ने परम्परागत शैलीलाई कर्णाली एमालेमा पनि स्वाभाविक मानिन्छ ।
तर, विकसित सूचना र सञ्चारका कारण कर्णालीको समाजले राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति, बदलि“दो समय तथा आवश्यकता, कुटनीतिक पहुँचमा वृद्धि लगायतका विषयको ज्ञान, जनसरोकारका सवालहरुको तार्किक उठान, केन्द्रीय सरकार र पार्टीसँग कर्णालीका मुद्धा स्थापित गर्ने क्षमता, कर्णालीलाई राजनीतिको मुलधारमा जोड्नसक्ने युवा नेतृत्व खोजिरहेको छ । त्यस्ता व्यक्तिलाई प्रदेश, जिल्ला र पालिकामा आवद्ध गराई कमिटिलाई नविन ढंगबाट हाँक्ने आँट, क्षमता र स्पष्ट कार्यदिशा पनि एमाले कर्णालीको नयाँ नेतृत्वको चुनौती हो ।
पार्टीमा लामो योगदान गरेका नेता कार्यकर्ताको व्यवस्थापन नगर्दा आन्तरिक असन्तुष्टि बढ्ने, समाजको अपेक्षा अनुरुपको नेतृत्व नदिँदा निर्वाचनको अंक गणीत बिग्रने चेपुवाका बीच एमाले कर्णालीको नयाँ नेतृत्व छनोट हुँदैछ । समानुपातिक मत परिणामले पहिलो भएपनि निर्वाचन परिणामको ग्राफ ओह्रालो लाग्दै गएका बेला यसको सफल व्यवस्थापन गर्नु अब आउने नेतृत्वको ठूलो अग्नी परिक्षा हुनेछ । जिम्मेवारी विभाजनमा न्याय स्थापना पछिल्ला केहि वर्षयता कर्णालीको एमाले निर्वाचनमा वितरण गर्ने टिकट, विभिन्न तहका राजनीतिक नियुक्ती, सांगठानिक जिम्मेवारी वितरणमा पद्धतिगत न्याय हराउँदै गएको छ । केन्द्र पार्टीको एक व्यक्ति एक पदको नीति अघि सारेपनि एकै व्यक्ति बहुपदमा जाने, निश्चित नेताका घेरा भित्र घुम्नेले साँठानिक र राजनीकि नियुक्ती प्राप्त गर्ने, आफूले निटक नपाएको रिशमा आप्mना मत अन्यत्र डाइभड गर्ने प्रचलन कर्णालीको एमालेमा पनि बढ्दो क्रममा छ ।
त्यसले गर्दा बढिमत भएको तह र क्षेत्रमा पनि निर्वाचनमा पराजय भोग्नु परेका उदारहण प्रशस्तै छन् । व्यक्तिगत स्वार्थका कारण हुने समुहलाई गुट संज्ञा दिने र त्यसकै आधारमा निकटस्थ कार्यकर्ता संरक्षण गर्ने परिपार्टीले लामो योगदान गरेका, पार्टीको हितमा काम गर्ने नेता र कार्यकर्ताको एमाले प्रति बिकर्षण बढ्न थालेको छ । त्यसलाई न्यूनिकरण गर्दै पार्टीभित्र संगठनात्मक न्याय स्थापना गर्दै सङ्गो र शुद्ध एमाले बनाउने कार्यभारपनि कर्णाली एमालेको नयाँ नेतृत्वका अघि चुनौतिका रुपमा देखिएको छ ।
राजनीतिक तथा सामाजिक सन्तुलनः गुटगत (स्वार्थको) सन्तुलन (आन्तरिक गुटगत समुहको वयवस्थापन) कागजी संगठनलाई चलाएमान गराउनु नेताहरूको सम्मानजनक व्यवस्थापन स् हाल पदीय जिम्मेवारीमा रहेर क्रियाशील भइरहेका नेताहरूको पदीय व्यवस्थापनको पक्ष महाधिवेशनका लागि अति महत्वपूर्ण विषय हो । अर्थात पदीय जिम्मेवारीमा माथिल् लो पदमा लामो समयदेखि सक्रिय नेताहरूलाई त्यसै डम्पिङ गर्न मिल्दैन ।
अर्कातर्फ नयाँ र बढी ऊर्जा भएका युवाहरूलाई समेट्नुपर्ने पनि हुन्छ । उमेर, सक्रियता, कार्यक्षमता र आवश्यकताअनुसार नेताहरूको व्यवस्थापन गर्नैपर्छ । यसैले यो पक्ष एमाले अध्यक्ष ओलीका लागि सर्वाधिक पेचिलो र जटिल खालको चुनौती हो । सामाजिक स्वीकार्यता पार्टीको बिधान अनुसार प्रदेशको नीति, कानून तथा पार्टीको निर्णय बमोजिम हुने प्रदेशको अधिवेशन नयाँ नेतृत्वलाई अनुमोदन गर्ने महत्वपूर्ण प्रदेशको सर्वोच्च अंग हो । अधिवेशनबाट चयन हुने नेतृत्व प्रदेशका दशवटै जिल्लाको वैध र सामाजिक रूपमा स्वीकार्यसमेत हुनुपर्छ ।
कुनै नेता विशेष वा समूहप्रति नरम भएका आधारमा मात्रै कनिष्ठ वा समग्र स्वीकार्यता न्यून भएका व्यक्तिको छनोट हुन पुग्यो भने त्यसले संगठनमा मात्र होइन, सामाजिक स्वीकार्यतासमेत नपाउने अवस्था बन्छ । यसैले, पार्टीको सिंगो संगठन र मुलुकको राजनीतिक–सामाजिक प्रणालीद्वारा बढी स्वीकार्य हुने नेताहरूमध्येबाट पदाधिकारीदेखि केन्द्रीय निकाय तथा सदस्यसम्म चयन गर्न सक्नुपर्छ । अर्थात सबै पक्षबाट मेरिटबेस (कार्यदक्षता र उत्कृष्टता) तथा आवश्यकताका आधारमा केन्द्रीय नेताहरूको चयन हुन सक्नुपर्छ ।
यद्यपि, यो कार्य आफैँमा चुनौतीपूर्ण छ । अन्तमाः नेपालको राष्ट्रिय राजनीतिमा जबर्जस्त प्रभाव र भूमिकाका हिसाबले एक नम्बर पार्टीका रुपमा स्थापित एमालेले कर्णालीमा पनि लोकप्रीय मत भएको दलका रुपमा रहेको छ । यसलाई प्रदेशका सबै स्थानित तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मा आप्mनो बचस्र्व कायम गर्द केन्द्र पार्टी अघि सारेका मिशन ८४ कमे तत्कालन कार्यान्वयन गर्दै पछि परिणाम निकाल्ने अविभाराा पनि एमाले कर्णालीको अब बन्ने नेतृत्व्का अघि छ ।
नेतृत्वको क्रियासिलताका आधारमा चोतर्फी घेराबन्दीका बीच आफूलाई अब्लल पार्टीका रुपमा अघि सारेको एमाले केन्द्रीय नेतृत्वले गरेको बौद्धिकता, बैचारिक, राष्ट्रियता, दूरदर्शिता र प्रतिपक्षसँगको नेतृत्वदायी भूीमका जस्तै कर्णाली प्रदेशसभा, प्रदेशका स्थानित तहको जनमतालाई आफूतर्फ आकर्षित गर्नु एमाले कर्णालीको अबको एकशुत्रिय कार्यभार हो । एमाले केन्द्रको प्राथमिकतामा पर्न नसकेको एमाले कर्णालीलाई मूलधारमा स्थापित गर्दै प्रदशेका परिणामका हिसाबले पहिलो शक्ति बनाउने आधार तयार अब बन्ने नेतृत्वका दिर्घकालिन रणनीति हो । (लेखक : एमाले कणाली प्रदेश प्रचार विभागका उपप्रमुख हुनुहुन्छ)







