लागुऔषध न्यूनिकरणका लागि सुर्खेत प्रहरीको विद्यालयमा जनचेतना अभियान

सुर्खेत । लागुऔषध न्यूनिकरण र रोकथामका लागि सुर्खेत प्रहरीले विद्यालयस्तरमा जनचेतना कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय कर्णालीमा बढ्दै गएको लागुऔषधको प्रयोग र ओसारपसारलाई निरुत्साहित गर्न विशेष योजनासहित प्रहरीले विद्यार्थीहरुलाई सचेत गराउने अभियान थालनी गरेको हो ।

जस अन्तर्गत मंगलबार वीरेन्द्रनगरमा रहेको एसोएस हर्मनमाइनर विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरहरुका बारेमा जानकारी गराईको थियो । कार्यक्रमको सहजिकरण गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मणबहादुर शाहीले लागुऔषध दुव्र्यसनीको कारण, उत्पन जटिलता, समाधान तथा विद्यमान कानूनी व्यवस्थाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

भारतीय खुला सिमानाका कारण नेपालगञ्जको बाटो हुँदै सुर्खेतमा लागुऔषध ओसारपसार हुने गरेको शाहीको भनाई थियो । यातायातको पहुँच भएसँगै सुर्खेतबाट कर्णालीका अन्य जिल्लामा यसको प्रयोग र कारोवारसमेत बढ्न थालेको शाहीले बताए । प्रहरीले थालनी गरेको सुरक्षित कर्णाली विशेष अभियान–२०८० अन्तर्गत सम्बेदनशिल १४ क्षेत्रका ७८ वटा कार्यक्रम मध्ये लागुऔषध दुव्र्यसनी रोकथामका लागि विद्यालयहरुमा सचेतना कार्यक्रम सुरु गरिएको डिएसपी शाहीको भनाई छ ।

लागुऔषध न्यूनिकरणका लागि हालसम्म भएका प्रयासको विश्लेषण गर्दै वर्तमानको अवस्था हेरेर आगामी सुरक्षा योजना अगाडि सारेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाल बताउँछन् । लागुऔषध कारोवारी र प्रयोगकर्ताको खोजि गरी कानूनी दायरामा ल्याउने प्रहरीको नियमित कामलाई विशेष योजनासहित अगाडि बढाइएको उल्लेख गर्दै जनचेतनाको अभियानलाई विद्यालयस्तरबाट थालनी गरिएको ढकालको भनाई छ ।

‘विद्यालयतहदेखि नै विद्यार्थीलाई जनचेतना जगाउन सकिएको खण्डमा घर, परिवार तथा समाजलाई सचेत गराउन सकिने उद्देश्यका साथ कर्णालीका सबै विद्यालयमा लागुऔषध न्यूनिकरणको अभियान थालनी गरेका छौं ।’ ढकालले भने ।

लागुऔषध न्यूनिकरणका लागि सुर्खेत प्रहरीको विद्यालयमा जनचेतना अभियान

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु, चार

लागुऔषध न्यूनिकरणका लागि सुर्खेत प्रहरीको विद्यालयमा जनचेतना अभियान

कृषि विकास कार्यालय मुगुका तत्कालिन निमित्त प्रमुख

Leave a comment

Your email address will not be published. Required fields are marked *