सल्यानमा स्वास्थ्य संस्था स्तरिय समता र पहुँच सम्बन्धि अभिमुखीकरण

दिलिप ढकाल
सुर्खेत ।
सल्यानको कालिमाटी गाउँपालिका–४ मा स्वास्थ्य संस्था स्तरिय समता र पहुँच सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेको आयोजनामा स्वास्थ्य संस्था तथा व्यवस्थापन समिति, स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविकालाई अभिमुखिकरण गरिएको हो ।

कार्यक्रम कालिमाटी गाँउपालिका ४ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी सुनार, वडा सदस्यहरु, स्वास्थ्य व्यवस्थापन समितिका सदस्यहरु, महिला स्वास्थ्य स्वयंमसेविका र स्वास्थ्यकर्मीको उपस्थित रहेको थियो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेका प्रमुख प्रेमबहादुर बहादुर सुनारले कार्यक्रम गरेका थिए, भने सिनियर अहेव रिता कुँवरले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा प्रकाश नेपाली, रामपुर स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक प्रदीप पुन र सूर्यकिरण वलीले प्रशिक्षण दिएका ।
नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन लगायत पोषण खोप तथा अन्य महत्वपूर्ण सेवाहरुको पहुँच र समतालाई बढाउने कार्यक्रमको उदेश्य रहेको थियो ।






