आज काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा

काठमाडौं,२४ फागुन ।

आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाकी बरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार अपरान्ह काठमाडौंमा वर्षा भएको बताइन्।

‘अहिले नै साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौं अरू ठाउँमा पनि छिटफुट वर्षा हुने सम्भावना छ,’ कँडेलले भनिन्,‘यो काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।’

पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ। पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ।

प्रि–मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद् कँडेलले आग्रह गरिन्। केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको उनले बताइन्।

सेताेपाटी

आज काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा

सन्दीप लामिछानेसम्बन्धी निवेदनको सुनुवाइ भोलि पनि हुने

आज काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा

YUGAAWHAN NATIONAL DAILY (2079-11-15)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!